एलिनाको ‘पन्छी’ मा नारी पीडा (भिडियो)



गायिका एलिना चौहानका गीत अचेल लगालग लोकप्रिय भइरहेका छन् । उनको स्वरमा रहेको पछिल्लो गीत ‘पन्छी’ ले पनि अहिले स्रोता तथा दर्शकको मन जित्दै गइरहेका छ । लोक आधुनिक स्वादका गीत चल्तीमा रहेको बेलामा एलिनाको ‘पन्छी’ भने केही फरक शैलीको छ ।

सुदीप आत्रेयको शब्द र किरण माइकल घिमिरेको संगीतमा रहेको गीतको भिडियोमा धन कमाउने सपना बोकेर बिदेश पुगेका नेपाली चेलीले भोग्नु परेको पीडा प्रस्तुत गरिएको छ । फरज अर्पणले निर्देशन गरेको गीतको भिडियोमा गायिका एलिना स्वयम्, नम्रता अर्याल, गणेश पौडेल, सन्तोषकुमार थीनलगायतले अभिनय गरेका छन् ।

निर्देशक अर्पणकै छायांकन र सम्पादन रहेको भिडियो आत्रेय प्रोड्क्सन युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । वास्तविक घटनाहरुलाई गीतमा प्रतिबिम्बित गरिएको गीतकार सुदीप बताउँछन् । गीतको भावअनुसार म्युजिक भिडियो निर्माण गरिएकाले दर्शकले क्रमशः मन पराउँदै गएको धारणा उनको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu