गरिमासँग नबोली सुधीरको दिन नढल्ने (भिडियो)



गायक प्रविण बेडवाल र गायिका समिक्षा अधिकारीको स्वर रहेको ‘नबोली नबोली’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । भिडियोमा एक मुखियाको घरमा काम गर्ने केटा र मुखियाको छोरीबीचको प्रेम सम्बन्धलाई देखाइएको छ ।

भिडियोमा सुधीर श्रेष्ठ र गरिमा शर्माले रोमान्स गरेका छन् । उनीहरुको केमेस्ट्री सुहाएको छ । भिडियोमा सुधीर र गरिमासँगै वसन्त अधिकारी, माधव शर्मा, शिशिर श्रेष्ठ, अनामिका बाह्रकोटीको अभिनय छ । चलचित्रको शैलीमा निर्माण गरिएको भिडियोलाई अहिलेका व्यस्त निर्देशक विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोलाई उनले आकर्षक बनाएका छन् ।

भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन तथा कलर छ । भिडियोका कार्यकारी निर्माता रायन रेज हो । भिडियो द डिभाइन म्यूजिकको यूट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । गीतलाई यूट्युबमा दर्शकहरुले निकै रुचाएका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu