स्टार एफ.एम म्युजिक अवार्डः पार्श्व गीतमा ‘रिदम’ हावी



स्टार एफ एमले आफ्नो १०औं बार्डिकोत्सवको अवसरमा यो बर्षबाट आयोजना गर्न सुरु गरेको ‘स्टार एफ. एम. म्युजिक अवार्ड’मा (चलचित्र) पार्श्व गीत संगित तर्फ ‘रिदम’ चलचित्रले तीन बिधामै  अवार्ड हात पारेको छ । यो चलचित्रको पार्श्व गीत ‘पागल ‘म बन्न सक्छु…’ ले गीतकार, संगितकार सहित गायनमा पनि उत्कृष्टको अवार्ड जित्यो ।

star fm award

‘पागल ‘म बन्न सक्छु…’को गीतकारको तर्फबाट डा. कृष्णहरी बराल, संगितकारमा बसन्त सापकोटा तथा गायकमा स्वरुपराज आचार्यले अवार्ड हात पारे । त्यस्तै मिलन अमात्यले पार्श्व गायिकाको अवार्ड ‘गाला रातै’ बोलको चलचित्र ‘नोटबुक’को गीतबाट अवार्ड हात पारिन ।

त्यस्तै अवार्डका अन्य बिधा तर्फ ‘मलाई पुगेन पुगेन यो वैशले’ बोलको गीतबाट गायिका आस्था बीले उत्कृष्ट पप गायिकाको अवार्ड जितिन भने राष्ट्रिय भावको गीततर्फ उन्नती बोहरा शिला, उत्कृष्ट पप गायक नविन के भट्टराई,उत्कृष्ट पप संगीतकार राजु सिंह, उत्कृष्ट लोकगीतमा (बोत्तलको पानी)को लागी भोजराज काफ्लेले अवार्ड जितेका छन् ।

यस्तै लोकदोहोरी शब्दतर्फ एकनारायण भण्डारी, उत्कृष्ट लोकदोहोरी गायिकातर्फ देवी घर्तीमगर, उत्कृष्ट लोकदोहोरी गायक कुलेन्द्र बीक, उत्कृष्ट लोकदोहोरी भाकातर्फ रामजी खाँडले अवार्ड प्राप्त गरेका छन् भने नव प्रतिभा लोकदोहोरी गायकतर्फ मौसम गुरुङले अवार्ड जिते ।

यसैबीच पहिलो ‘स्टार एफ. एम. म्युजिक अवार्ड’मा लाईफटाईम एचिभमेन्ट अवार्ड बरिष्ट गायक प्रेमध्वज प्रधानलाई प्रदान गरिएको छ । उनलाई सम्मान पत्र सहित नगद २५ हजार रुपैयां प्रदान गरियो । त्यस्तै रेडियोकर्मी सम्मानबाट सम्मान पत्रको साथमा १५ हजार रुपैयां सहित कृष्ण ताम्राकारलाई सम्मान गरियो ।

काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रमा नेपाली सांगीतिक तथा चलचित्र क्षेत्रका विभिन्न श्रष्टाहरुको उपस्थिती थियो । कार्यक्रममा बिभिन्न सांगितिक प्रस्तुती समेत देखाईएको थियो, भने तक्मे बुढाको रुपमा परिचित ‘विल्सन बिक्रम राईको कमेडी प्रस्तुतीले सबै दर्शकलाई पेट मिचिमिची हाँस्न बाध्य बनाएको थियो । स्टार एफ. एम. ले सांजितिक स्रष्टाहरुको सम्मान तथा प्रोत्साहनको लागी यो अवार्ड आयोजना गरेको एफ. एम. का कार्यकारी अध्यक्ष प्रदिपकुमार उदयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu