रिजनको ‘दशैं’ गीत सार्वजनिक (भिडियो)



रिजन गिरी र गंगा गिरीको स्वरमा रहेको म्युजिकल चलचित्र ‘दशैं’ सार्वजनिक भएको छ । सम्पूर्ण ताम्राकारको संगीत रहेको गीतमा रिजन स्वयंको शब्द छ । धन कमाउन परदेश गएकाहरु दशैंको समयमा स्वदेश फर्किन नपाउँदाको पीडा गीतमा प्रस्तुत गरिएको छ ।

अनिल न्यौपानेले निर्देशन गरेको म्युजिकल चलचित्रमा कुशेन्द्र पुरूष ढकाल, लक्ष्मी गिरी, रिजन गिरी, एलिजा न्यौपाने गिरी, दीपिका न्यौपाने लगायतको अभिनय छ । कथा लेखन तथा कन्सेप्ट रिजन स्वयंको हो । सिर्जन प्रजापतिले भिडियो खिचेका हुन् ।

इराकमा १२ जना नेपालीको हत्या भएको घटनालाई स्मरण गर्दै भिडियो बनाइएको निर्देशक अनिलले बताए । ‘वैदेशिक रोजगारीमा गएको छोरा दशैंमा घर फर्किन खोज्दा अपहरणमा पर्छ र त्यही गोली हानेर हत्या गरिन्छ । यो इराक घटनासँग मिल्छ र त्यसैलाई आधार बनाएर गीत बनाएका हौं,’ उनले भने ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu