‘नाई नभन्नु ल-२’को अफिसियल प्रोमो सार्वजनिक



nai navannu la 2

विकास आचार्य निर्देशित चलचित्र ‘नाइ नभन्नु ल-२’ को अफिसियल प्रोमो रिलिज गरिएको छ । सार्वजनिक प्रोमोमा माया प्रेमको भावलाई प्रस्तुत गरिएको छ । केहि दिन अगाडी सार्वजनिक गरिएको ‘यी आँखामा तिमी छौ…’ बोलको गीतबाट नै चर्चा बटुल्न सफल यो चलचित्र आउँदो चैत्र २८ गतेवाट दर्शकमाझ आउँदै छ । प्रदर्शन पहिले नै चर्चा बटुल्न सफल चलचित्र ‘नाई नभन्नु ल-‍२’ धेरै दर्शकको मन मनमा बस्न सफल हुने अपेक्षा गरिएको छ ।
यो चलचित्रमा बाल कलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराईबीचको बालप्रेमलाई देख्न सकिनेछ भने चलचित्रमा जिवन लुईंटेल प्रियंका कार्की अनि सुरजसिंह ठकुरीबीचको माया प्रेमको कुराहरु पनि प्रस्तुत छन । चलचित्रमा सरोज खनाल, बर्षा सिवाकोटी र सिताराम कट्टेल (धुर्मुस) पनि प्रमुख भुमिकामा देखिनेछन ।

निर्देशक आचार्य सँगै दिनेश कुमार पोखरेलले लगानी गरेको यो चलचित्र ‘नाइ नभन्नु ल-२’लाई पुरुषोत्तम प्रधानले खिचेका हुन ।
प्रोमो हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu