निर्माता संघको १३ औं साधारणसभा सम्पन्न



चलचित्र निर्माताहरुको छाता संगठन ‘चलचित्र निर्माता संघ’को १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार राजधानीमा आयोजित साधारणसभामा चलचित्र क्षेत्रमा केहि व्याक्तित्वहरुलाई सम्मान समेत गरियो । कार्यक्रममा गत मंसिर ४ मा सम्पन्न संबिधानसभाको निर्वाचनमा काठमाडौं-७ बाट बिजयी चलचित्रकर्मी सभासद् रामविर मानन्धरलाई सम्मान गरिएको थियो । भने बरिष्ठ निर्देशक स्व. शिव रेग्मीको नाममा अक्षयकोष स्थापना गरेको भन्दै चलचित्र ‘मनले मनलाई छुन्छ’का निर्माताद्धय विरेन श्रेष्ठ र सुनिल सिटौलालाई पनि सम्मान गरिएको थियो । साधारणसभामा चलचित्र सम्बद्ध बिभिन्न संघ संस्थाका पदाधीकारीहरुको उपस्थिती थियो । कार्यक्रममा बोल्ने अधिकांशले निर्माता संघलाई सम्पुर्ण चलचित्रकर्मीहरुको अभिभावक बन्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu