आक्रामक प्रचारमा रहेको ‘ऋतु’ले कस्तो प्रेम देखाउला ?



[dropcap][/dropcap]गामी फागुन २३ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘ऋतु’को निर्माण युनिट आक्रामक प्रचार प्रसारमा जुटेको छ । चलचित्रलाई माया गर्ने तथा चलचित्र हेर्नुपर्छ, भन्ने सबैमाझ आफ्नो चलचित्रको बारेमा सुचना पुर्याउने कर्तव्यलाई आत्मसाथ गर्दै प्रचार प्रसारलाई आक्रामक शैलीमा अगाडी लैजान जुटेको निर्माता अपिल बिष्टले बताए ।

पछिल्ला केहि दिनयता छापा माध्यम देखी रेडियो, टिभी तथा अनलाईन लगायतका सञ्चार माध्यमहरुमा चलचित्र ‘ऋतु’को चर्चा बढिरहेको छ भने चलचित्र तयार हुँदाको दिनदेखी नै उत्कृष्ट चलचित्र बनाएको दाबी गर्दै आएको यो चलचित्रको निर्माण युनिट पछिल्ला दिनयता चलचित्रको बाहिरी प्रचार-प्रसारमा पनि निकै व्यस्त बनेको छ ।

Reetu
काठमाण्डौका सुपरमार्केटका एलसिडी देखी माईक्रोबस र अन्य गाडिहरुमा समेत ‘ऋतु’को प्रोमो देखिन थालेको छ। ‘मधुमास’ अभिनेता तथा आगामी चलचित्र ‘प्रताप’का नायक मनोज आरसी पनि ‘ऋतु’को प्रचारमा खुलेरै लागेका छन्। मनोजले ‘ऋतु’मा केमियो भुमिका निभाएका छन्।

यो चलचित्रलाई निर्देशन मनोज अधिकारीले गरेका छन् । पुर्णतः प्रेम कथामा आधारित भनिएको आफ्नो चलचित्र दर्शकको लागी पुर्ण रुपमा मनोरञ्जनको खुराक बनेको निर्माता अपिलको दाबी छ । चलचित्रमा नायक राजबल्लभ कोईराला, पुर्व मिस नेपाल मलिना जोशी रिमा बिश्वकर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र ‘छ एकान छ’ तथा ‘बितेका पल’बाट केहि संभावना देखिए पनि पछिल्लो समय प्रदर्शनमा आएका चलचित्रहरुले दर्शकको खासै मन जित्न नसकेको अवस्थामा व्यापक प्रचार प्रसारमा जुटेको यो चलचित्रको निर्माण युनिट कतिसम्म सफल हुन्छ त्यो भने पछी नै थाहा होला ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu