सिडी विजयको पुतलीमा कबिर र गरिमा (भिडियो)



काठमाण्डौ। ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनका विजेता गायक सिडी विजय अधिकारीको स्वर रहेको रोमान्टिक गीत ‘पुतली’को भिडियो सार्वजनिक गरिएको छ । अमेरिका निवासी प्रोफेसर डा. कैलाश घिमिरेको रचना रहेको यस गीतमा राजेश थापाको संगीत रहेको छ । जसलाई बिबी अनुरागीले संगीत संयोजन तथा श्यामश्वेत रसाइलीले मिक्सिंग मास्टररिंग गरेका छन् ।

गीतमा टिकटक हुँदै म्यूजिक भिडियोमा चर्चित बनेकी गरिमा शर्माका साथ चलचित्र ‘लम्फु’बाट डेब्यु गरेका नायक कबिर खड्का र बाल कलाकार आर्शिना भट्टराईले अभिनय तथा नृत्य गरेका छन् । आफुले मन पराएको यूवतीलाई साथीहरुको सहयोगमा फकाउँदै गरेको रोमान्टिक अवस्था भिडियोमा देख्न सकिन्छ । साथै गाउँघरमा आउँदै गरेको दशैँको माहोललाई रमाइलो ढंगबाट उतारिएको छ ।

भिडियो उत्सव दाहालको छायांकन, नविन निरौलाको सम्पादन तथा दिपेन गौतमको निर्माण व्यवस्थापनमा तयार गरिएको छ । सुबोल थापाको नृत्य निर्देशन गरेको म्युजिक भिडियोलाई जया शर्माको कन्सेप्टमा सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu