‘वर्षमा दिन पछि’ गीतमा गौरव र प्रियाना (भिडियो)



गौरव पहाडी र प्रियाना आचार्य ‘मुन्नी’ अभिनीत ‘वर्षमा दिन पछि’ बोलको दशैँ तिहार गीत सार्वजनिक भएको छ । राजु खयाजुको शब्द तथा सञ्जिव, विनोद र सुरेनको संयुक्त संगीतमा तयार भएको गीतमा गौरव र प्रियाना दाजु-बहिनीका रुपमा प्रस्तुत भएका हुन् ।

विदेशमा रहेका दाजु र स्वदेशमा रहेका बहिनी र घरपरिवारको प्रेमलाई आकर्षक ढंगले गीतमा प्रस्तुत गरिएको छ । निर्देशक दीपक आचार्य ‘काकु’ को निर्देशनमा बनेको गीतको भिडियोमा दशैँ र तिहारको परिवेशलाई कलात्मक शैलीमा देखाइएको छ । गीतमा गोरव र प्रियानाको साथमा कमलमणी नेपाल ‘खुपीका बा’ को पनि अभिनय छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् । चन्दन दत्तको रंग संयोजन तथा सम्पादन रहेको गीतको भिडियो कोहो प्रोडक्सन नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu