बहु-प्रतिक्षित ‘झोले’को प्रिमियरले बढायो उत्सुकता



यहि फागुन ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘झोले’लाई चलचित्रसँग नजिक रहेका धेरैले बहु-प्रतिक्षित चलचित्रको रुपमा लिएका छन् । मुलतः कमेडीबेशमा तयार भएको यो चलचित्रले दर्शकको लागी पुर्ण मनोरञ्जन दिनेमा निर्माण युनिट बिश्वस्त छ ।

यो क्रममा केहि दिन पहिले धरानमा गरेको प्रिमियरबाट राम्रो प्रतिक्रिया पाएका यो चलचित्रका निर्देशक दिपेन्द्र के खनालले पोखरेली दर्शकबाट पनि राम्रो साथ पाएका छन् ।

jhole

आईतवार पोखरामा गरिएको प्रिमियरमा सहभागी सबैजसो दर्शकबाट चलचित्र ‘झोले’ धेरै राम्रो बनेको प्रतिक्रिया पाएसँगै आफु उत्साहित भएको निर्देशक खनालको भनाई छ । ‘जिरो सिक्स वान ईन्टरटेनमेन्ट’को व्यवस्थापनमा चलचित्रको प्रिमियर आयोजना गरिएको थियो । प्रिमियरमा सहभागी हुन कलाकार दयाहाङ राई, प्रियंका कार्की शनिबारै पोखरा पुगेका थिए ।

यो चलचित्रमा दयाहाङ र प्रियंकासँगै ए गुरुङ लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रमा निर्देशक खनालले नेपाली समाजको बिभिन्न पाटोलाई ब्याङ्ग्यात्मक रुपमा पर्दामा उतारेका छन् । चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu