‘तोरी लाहुरे’ले यसरी गरे बाल गृहमा सहयोग | गजितको मन कति कोमल



चलचित्रको छायांकनदेखी प्रदर्शन सम्म खासै बाहिर नदेखिने अनि चलचित्र प्रदर्शनको मिती नजिकिँदै गर्दा मात्रै प्रचारको लागी अनेक प्रकारका हलगण्डा अपनाउने नेपाली चलचित्रकर्मीको नियत नै बनिसकेको छ । यो बीचमा यसअघी प्रदर्शनमा आएका धेरै चलचित्रको निर्माण युनिट सडक वालवालिकालाई लुगा बाँड्नेदेखी बृद्धा आश्रममा सहयोग गर्नमा जुटेका उदाहरण हामीमाझ छन् ।

tori-lahure
यो क्रममा यहि फागुन २३ गतेबाट प्रदर्शनको तयारिमा रहेको चलचित्र ‘तोरी लाहुरे’ युनिटले सोमवार भक्तपुरमा रहेको एक बाल गृहमा केही खाध्यान्न सामग्री सहयोग गरेको छ । भक्तपुरको काँडाघारीमा रहेको सृजनशील बाल गृहमा रहेका अनाथ बालबालिकाहरुको लागी खाद्धन्न सामग्री लिएर चलचित्रको नामंकित टि-सर्ट लगाएर यो चलचित्रको युनिट देखिएको थियो । उक्त बाल आश्रमलाई लचचित्र ‘तोरी लाहुरे’का कलाकारसहित निर्माता तथा निर्देशकले चामल, तेल जस्ता केही खाद्धान्न सामग्री प्रदान गरेका थिए ।

कार्यक्रममा लचचित्रका निर्देशक एन.बी. महर्जन सहित निर्माता दिलकुमार तामाङ साथमा कलाकारहरु गजित बिष्ट, अशिष्मा नकर्मी, समुना केसी, रोहित रुम्बा लगायत देखिएका थिए । रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा तयार भएको यो चलचित्रमा नायक सुवास थापा पनि देखिने छन । चलचित्र मार्फत नेपालमा व्याप्त बेरोजगारी समस्यालाई पर्दामा देखाउने प्रयास गरिएको बताइएको छ ।

[tabs tab1=”गजितको ब्याक्तिगत सहयोग”]

[tab]यसैबीच नायक गजित बिष्टले सृजनशील बाल गृहको लागी व्याक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन् । गजितले आफ्नो तर्फबाट भन्दै नगद ५ हजार रुपैया संस्थालाई सहयोग गरे ।

अहिलेलाई कुनै तयारी बिना नै यहाँ आएकोले यहाँ रहेको बालबालिका देख्दा आफ्नै भाईबहिनि जस्तै माया लागेर आएकोले केही त सहयोग गरौं भन्ने लागेर यो रकम प्रदान गरेको हुँ गजितले ठुलोपर्दासँग भने, ‘आगामी दिनमा पनि यस्तो प्रकारको सहयोगलाई निरन्तरता दिँदै जानेछु’ ।[/tab]

[/tabs]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu