५५ वर्ष भए शाहरुख, पहिलो कमाई थियो ५० रुपैयाँ



बलिउडका सर्वाधिक सफल अभिनेता शाहरुख खान सोमवारबाट ५५ वर्षका भएका छन् । भारतमा मात्र नभएर विश्वभर छरिएर रहेका करोडौं प्रशंसकबीच ‘बादशाह’ को रुपमा परिचित उनको जन्म २ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा भएको थियो । सामान्य परिवारमा जन्मिएका उनले निकै ठूलो संघर्षपश्चात् बलिउडमा यो स्थान हासिल गरेका हुन् ।

एक समय उनका चलचित्रले बक्सअफिसमा जबरजस्त व्यापार गर्थे । कयौं सम्झनलायक चलचित्र दिएका उनका पछिल्ला चलचित्रले भने सफलता हासिल गर्न सकेका छैनन् । उनी पछिल्लो पटक चलचित्र ‘जीरो’ मा देखिएका थिए । यो चलचित्र असफल भएको थियो । यसअघि पनि उनका दुई चलचित्र ‘रइस’ र ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा डिजास्टर सावित भएका थिए ।

‘डर’, ‘बाजीगर’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘कभी हां कभी ना’, ‘करन अर्जुन’, ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’ ‘चक दे’, ‘चेन्नई एक्सप्रेस’ लगायत सय बढी चलचित्रमा जीवन्त अभिनय गरेका शाहरुख खानले ‘जीरो’ पछि नयाँ चलचित्र साइन गरेका छैनन् । उनी अब हतारमा चलचित्र गर्ने सोचमा छैनन् । सम्भवतः केही दिनमा उनको नयाँ चलचित्रको घोषणा हुन सक्नेछ ।

५४औं बसन्त पार गरेर ५५औं वर्षमा प्रवेश गरेका बलिउडका ‘किंग खान’ लाई प्रशंसकहरुले जन्मदिनको शुभकामना दिइरहँदा हामी तपाईंलाई उनले हासिल गरेका केही महत्वपूर्ण सफलताको बारेमा जानकारी दिँदैछौं ।

१. शाहरुख भारतका सर्वाधिक तथा विश्वकै धनि कलाकार समेत हुन् । उनको सम्पत्ति ६०० मिलियन डलरभन्दा माथि छ ।

२. अभिताभ बच्चनपछि उनी एकमात्र त्यस्ता कलाकार हुन्, जसलाई फ्रान्सको ‘लिगियन अफ फ्रान्स अवार्ड’ मिलेको छ ।

३. उनले हालसम्म सर्वाधिक २९ पटक उत्कृष्ट नायकको अवार्ड जितिसकेका छन् ।

४. र्फोब्सको ‘मिडिल इस्ट’ विशेषको कभरपेजमा अटाउने उनी पहिलो भारतीय कलाकार हुन् ।

५. इन्टरपोलको ‘टर्न व्याक क्राइम’ नामक विश्वव्यापी अभियानका अन्तर्राष्ट्रिय दुत बन्ने शाहरुख पहिलो भारतीय कलाकार हुन् ।

६. उनी विश्वका एकमात्र त्यस्ता नायक हुन्, जसको चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएगें’ २० वर्षसम्म एकै सिनेमा घरमा लगातार चलेको थियो ।

७. ‘रोमान्स किंग’ को छविपछि एक्सन चलचित्रमा देखिन थालेका उनका दुई चलचित्र ‘चेन्नइ एक्सप्रेस’ र ‘ह्याप्पी न्यू इयर’ ले बक्सअफिसमा कमाईको नयाँ रेकर्ड बनाएका थिए ।

८. एक्लो मिहेनत र परिश्रमकै कारण पारिवारिक आर्शिवाद बिना यो उचाईमा पुग्ने उनी एकमात्र भारतीय कलाकार हुन् ।

९. चलचित्र, क्रिकेट टिम, प्रोडक्सन कम्पनीको कारण मात्र नभई विज्ञापनबाट समेत उनको कमाई अत्याधिक छ । भारत तथा विश्वका धेरै टप ब्राण्डका लागि विज्ञापन खेलिसकेका उनी विज्ञापनबाटै सर्वाधिक आम्दानी गर्ने गर्छन ।

१०. शाहरुखको पहिलो कमाई ५० रुपैयाँ थियो । उनले पंकज उदासको कन्सर्टमा काम गरेर ५० रुपैयाँ कमाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu