‘भिमदत्त’ प्रति सेन्सरको आपत्ती | भएन सेन्सर पास



[dropcap]ने[/dropcap]पाली चलचित्र ‘भिमदत्त’को सेन्सर रोकिएको छ । चलचित्रमा समावेश गरिएका केहि दृश्यहरुमा आपत्ती जनाउँदै ‘सेन्सर बोर्ड’ले ‘भिमदत्त’को सेन्सर रोकेको हो । मंगलवार बिहान बसेको सेन्सर बोर्डको बैठकले चलचित्रमा समावेश नेपाली सेना र छिमेकी देश भारतको बारेमा बोलिएका केहि अभिव्यक्तीहरुमा आपत्ती जनाउँदै यो चलचित्रको सेन्सर पास नगर्ने निर्णय भएको हो ।

सेन्सर बोर्डले नेपाली सेना सहितका चलचित्रमा समावेश गरिएका दृश्यसँग सम्बन्धित व्यक्तिहरुसँग छलफल गरेर मात्र सेन्सर तथा चलचित्रलाई प्रदर्शनको लागि दिने-नदिने निर्णय लिने कुरा ‘भिमदत्त’ युनिटलाई जानकारी गराएको बताईएको छ । यो निर्णय पछि आक्रोशित बनेका ‘भिमदत्त’का निर्माता नवल खड्काले नेपाली इतिहासलाई समेटेर निर्माण गरेको चलचित्रमा अहिलेको बिषयवस्तु तथा समेट्न नमिलेको भन्दै जे हो त्यही कुरा समेट्दा पनि सेन्सरले आपत्ती जनाएकोमा आश्चर्यमा परेको बताए ।

bhimdatta-censer

इतिहासलाई बङ्ग्याउने कुरा भएन निर्माता खड्काले ठुलोपर्दा डटकमसँग भने ‘हामी चलचित्रमा समावेश गरिएका कुनै पनि दृश्यहरुमा सेन्सरले कैँची लगाएमा हामीलाई मान्य हुने छैन । ऐतिहासिक कथामा बनेको चलचित्रमा जस्ताको तस्तै बिषय समेट्नु परेकोले नेपाली सेना र कथासँग जोडिएका बिषयलाई समेटिएको छ, यि दृश्यहरु काटेर चलचित्र प्रदर्शनको लागी पठाउन खोजियो भने हामी त्यसलाई स्विकार्ने पक्षमा छैनौं’।

चलचित्रले धेरै बर्ष पहिलेको इतिहासलाई जानकारी दिने प्रयत्न गरेको भन्दै भिमदत्तको पालाको अवस्थालाई दर्शकले बिना रोकतोक थाहा पाउनु पर्ने निर्माण युनिटको जिकिर छ ।  यो चलचित्र क्रान्तीकारी व्यक्ति भिमदत्तको जीवनकहानीमा आधारित रहेर निर्माण गरिएको हो । चलचित्रलाई हिमग्याप टाँसीले निर्देशन गरेका छन् । चलचित्रमा निर्माता नवल सँगै सुमिना घिमिरे, निशा अधिकारी रमेश बुढाथोकी एम. एस. अग्रज लगायतको अभिनय रहेको छ ।

केहि समय अगाडी प्रदर्शन भएको मोहन डोटेल निर्मित चलचित्र ‘बधशाला’ले पनि नेपाली सेना सँग जोडिएका केहि दृश्यहरु हटाउनु पर्ने भन्दै सेन्सर बोर्डले रोकेपछी सास्ती खेप्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu