विराजलाई ल्याउँदै ऋषि लामिछाने | आर्यन र प्रियांका पनि सँगसँगै



[dropcap][/dropcap]छिल्लो केहि बर्षदेखी कुनै समय नेपाली रजतपटमा एकछत्र राज गरेका नायक बिराज भट्ट नेपाली चलचित्रमा भन्दा भोजपुरी चलचित्रमा बढी देखिएका छन । तर अक्कल-झुक्कल जस्तै गरेर प्रदर्शनमा आएका केहि चलचित्रले नै नेपाली दर्शकमा ‘बिराज क्रेज’लाई जीबितै राखेको छ । यो क्रम जारी रहँदा बिराज पुनः एक प्रोजेक्टको लागी नेपाली चलचित्रमा आबद्ध भएको खवर बिराज भट्ट नाम सुन्दा नै चलचित्र हलमा प्रबेश गरौं गरौं लाग्ने नेपाली दर्शकलाई सुखद हुन सक्छ ।

biraj-Bhatta
सिल्क रुट कम्पनीको तर्फबाट निर्माण हुन लागेको एक चलचित्रको लागी नायकद्वय विराज भट्ट र आर्यन सिग्देललाई अनुबन्धत गरिएको छ । उक्त चलचित्रलाई निर्देशन ऋषी लामिछानेले गर्नेछन । ‘टाईटल’ छनोट नभईसकेको उक्त चलचित्र मार्फत ‘चकलेटी हिरो’ को रुपमा परिचित आर्यन र ‘एक्सन हिरो’ बिराज पर्दामा सँगै देखिन लागेका हुन् । आर्यनले डेव्यु चलचित्र ‘किस्मत’ मा विराजसँगै काम गर्ने मौका पाएका थिए । यो चलचित्रमा बिराज र आर्यनसँगै नायिकामा प्रियंका कार्की पनि अनुबन्धित भएकी छिन् ।

aryan-priyanka
चैतको दोस्रो सातादेखि यो चलचित्र फ्लोरमा जाने बताईएको छ । शिवम अधिकारीको कथामा बन्न लागेको यो चलचित्रमा संगीत बसन्त सापकोटाको रहनेछ । यसै साता बिराज अभिनित भोजपुरी र नेपाली दुबै भाषाको चलचित्र ‘सम्राट’ रिलिज हुँदैछ। यसबाट बिराजको क्रेज अझै बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu