‘सम्राट’ले देखाउने छ विराज भट्टको क्रेज



[dropcap][/dropcap]हि फाल्गुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘झोले’ सिङ्गल आउने भनिए पनि बिराज भट्ट अभिनित चलचित्र ‘सम्राट’सँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । मंगलवार मात्र यो चलचित्र ‘सम्राट’को प्रदर्शनको मिती सार्वजनिक गरिएको हो । यो चलचित्रमा बिराज भट्टको एक्सन लभ-स्टोरी जोडिएको छ । यो चलचित्र भोजपुरी र नेपाली दुवै भाषामा रहेको छ ।

‘सम्राट’को लागी काठमाण्डौका मुख्य हलसहित उपत्यका बाहिरका ४० वटा हल पक्का भइसकेको निर्माण युनिटले बताएको छ । यो चलचित्रको निर्देशन लिगेस लिलाधर भट्टराइले गरेका छन् ।  सुनिल मान्नधरले बितरण गर्न लागेको योज्ञराज घिमिरे र ओम प्रकाश अग्रवालको लगानी रहेको यो चलचित्रमा बिराज सँगै रुवि सिंह मुख्य भुमिकामा छन् । चलचित्रको प्रस्तुतकर्ता भने सुरज खड्का हुन् ।

SAMRAT_SEETER

नेपाली चलचित्रमा पुराना हस्ती नायक बिराज भट्टको क्रेज अझै पनि जीवित नै छ । जसले गर्दा बिराजले अभिनय गरेको यो चलचित्र प्रतिस्पर्धी बनेर आएको अवस्थामा व्यापक प्रचार प्रसारका बीच प्रदर्शनको तयारी रहेको चलचित्र ‘झोले’ले प्रतिस्पर्धा गर्नुपर्ने भएको आँकलन गरिएको छ ।

बिभिन्न ठाउँमा प्रिमियरपछी दर्शकबाट राम्रो भन्ने प्रतिक्रिया पाएको चलचित्र ‘झोले’ युनिट पनि चलचित्र चल्नेमा धेरै आशावादी छ । बिराज भर्सेज ‘झोले’को रुपमा लिईएका यी दुई चलचित्र मध्ये दर्शकले कसलाई रोज्छन त्यो भने चलचित्र प्रदर्शनको भोलीपल्ट नै थाहा होला । अझ यो पनि भन्न सकिन्छ कि यो चलचित्रले नै नायक बिराजको क्रेज नेपाली दर्शकमा कतिसम्म जीवित छ, भन्ने कुरा पनि पुष्टी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu