रेखा थापा बनिन् चलचित्रमा उत्कृष्ट | हरिवंश कलामा नंबर एक



[dropcap]ना[/dropcap]यिका रेखा थापा ‘कान्तिपुर मिडिया ग्रुप’को सर्वेक्षणमा वर्षको उत्कृष्ट १० व्यक्तिमा पर्न सफल भएकी छिन् । आधिकारिक रुपमा बुधवार सार्वजनिक गरिएको सम्पुर्ण बिवरण सहितको नतिजामा रेखा थापा चलचित्र क्षेत्रबाट यो बर्षकै उत्कृष्टमा परेको उल्लेख छ, यस्तै कलाकार हरिवंश आचार्य पनि कला तर्फबाट बर्ष व्यक्ति बनेका छन् ।

rekha-thaha-top-1-kantipur

कान्तिपुरले हरेक विधाबाट उत्कृष्ट १० व्याक्ति छनोटको लागी १०? १० जना चर्चित व्याक्तीहरुको नाम सार्वजनिक गरेअनुसार सहभागीहरुले गरेको फेसबुक लाईकको आधारमा बर्षका उत्कृष्ट १० छनोटमा रेखा र हरिबंश परेका हुन् । नेपाली चलचित्र ‘हिरो’बाट चलचित्रको यात्रा सुरु गरेकी रेखा नेपाली रजतपटमा एक सफल (हिरोईन) नायिकाको रुपमा परिचित छिन् भने पछिल्लो समय आफ्नै व्यानरमा निर्माण गरेक चलचित्र ‘काली’लाई समेत सफल चलचित्रको सुचीमा पार्न सफल भएसँगै उनी झनै चर्चामा आईन् । ‘हिरो’देखी काली तथा फ्लोरमा जान लागेको दनकै चलचित्र ‘हिम्मतवाली’सम्म आईपुग्दा रेखाले १५० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

कला क्षेत्रबाट बर्ष व्यक्तिमा पर्न सफल अर्का कलाकार हरिवंश आचार्य धेरै नेपाली माझ चर्चित अनि लोकप्रिय पात्र हुन् । हरिवंशले नेपाली समाजको यथार्थतालाई समेटेर दर्जनौँ टेलिसिरियल निर्माण गर्दै मानिसलाई सकारात्मक मार्गमा हिँड्न प्रेरित गर्दै आएका छन् । नेपाली रंगमञ्च र टेलिभिजनमा अर्का कलाकार मदनकृष्ण श्रेष्ठसँग मिलेर हरिवंशले निर्माण गरेको उचाइ सायदै कसैले पाएको छ ।

haribansha-top-1-kantipur

संसारभरि नै लोकप्रिय विधा बनेको हास्यव्यंग्य विधामा अनवरत रुपमा लागेर टिक्ने कमै व्याक्तीहरुमा हरिवंश सायद एक नंवरमा नै पर्न सक्लान् । २०१४ साल कात्तिक २७ मा जन्मेका हरिवंशले जीवनको मध्यतिर आफ्नी जीवनसंगिनीलाई गुमाउन पुगेपछी आप्नै जीवनको कथा ‘हराएको चिनो’ लेखेर आफ्नो उचाईलाई थप माथी पुर्याए ।

नेपाली कला क्षेत्रका दुई हस्ती रेखा र हरिवंशलाई नचिन्ने नेपाली बिरलै होलान । जसले नेपाली कला क्षेत्रलाइ नजिकबाट चिनेको छ त्यो व्यक्ति पक्का पनि रेखा र हरिवंशसँग परिचित हुन सक्छ । धेरै नेपालीमाझ लोकप्रिय रहँदै कुनै एक मिडिया हाउसको सर्बेक्षणमा यो बर्षकै उत्कृष्ट १० व्याक्तिको सुचीमा पर्न सफल रेखा र हरिवंशलाई ठुलोपर्दा डटकमको तर्फबाट शुभकामना !

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu