लण्डनका प्रेमीसँग लगनगाँठो कस्दै रेजिना उप्रेती



Suraj-rejina

[dropcap]ना[/dropcap]यिका रेजिना उप्रेती यहि फागुन १० गते बैबाहिक बन्धनमा बाँधिने भएकी छिन् । रेजिनाले बिगत केहि बर्षदेखीको आप्नो प्रेमलाई बैवाहिक रुप दिँदै आफ्नै प्रेमी सुरज पोख्रेलसँग लगन गाँठो कस्न लागेकी हुन् । सुरज केहि बर्षयता लण्डनमा बस्दै आएका छन् । रेजिना पनि केहि समय प्रेमी सुरजसँगै लण्डनमा रहेकी थिईन् । बिवाहको लागि अहिले दुवैजना नेपाल आएका छन् ।

धादिङ स्थाई घर भएकी रेजिनाले आफ्नो वैवाहिक कार्यक्रममा सहभागिताको लागी बिभिन्न चलचित्रकर्मी तथा चलचित्र पत्रकारहरुलाई निम्ता पठाईसकेकी छिन् । आफ्नो लगानीमा बनाएको चलचित्र ‘वरदान’को प्रिमियरको समयमा सुरजको साथ पाएपछी यी दुईको प्रेम झनै गाढा बन्दै गएर अन्ततः विवाहमा परिणत भएको बुझिएको छ ।

rejina-marrige-card

वरदानको असफलतासँगै चलचित्रबाट टाढा रहेर अन्य व्यवसायमा हात हाल्ने मनसायमा पुगेकी नायिका रेजिनालाई ‘ठुलोपर्दा डटकम’को तर्फबाट सुखद दाम्पत्य जीवनको कामना !!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu