बेलायती मुर्रेको निर्देशनमा ‘बधशाला’ निर्माताको ‘ताण्डव’



tandav-film-announce
पहिलो चलचित्र ‘बधशाला’ बनाएर चर्चामा आएका निर्माता मोहन डोटेलले दोस्रो चलचित्र ‘ताण्डव’को निर्माण घोषणा गरेका छन् । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा औपचारिक रुपमा यो चलचित्रको निर्माण घोषणा गरिएको छ ।

‘स्म्यासिङ एप्पल’को व्यानरमा बन्न लागेको यो चलचित्रलाई बेलायती निर्देशक मुर्रे केरले निर्देशन गर्दैछन् । चलचित्रको कथा पनि मुर्रेको नै हो। ‘ताण्डव’ यहि आइतवारदेखी फ्लोरमा जाने जानकारी दिईएको छ । यो चलचित्रलाई नरेन्द्र मैनालीले खिच्नेछन् भने संगित बुद्ध गुरुङको रहने छ ।

tandav-name-poster

चलचित्रमा नायिका नम्रता श्रेष्ठ सँगै चर्चित र्‍यापर गायक लाहुरे (आशिष राना), एलेन गुरुङ, अनुप बराल, बिशारद बस्नेत लगायतको अभिनय रहनेछ । कार्यक्रममा निर्देशक मुर्रेले नेपाली कथामा नेपाली टिमसँग मिलेर काम गर्न पाउँदा खुसी लागेको बताउँदै आफुले सकेसम्मको मेहनत लगाएर राम्रो काम गर्ने बताए।

त्यस्तै, निर्माता डोटेलले ‘थ्रिलर र एक्शन जनरा’मा चलचित्र बनाउन लागेको बताउँदै चलचित्र निर्माण पुर्व नै ओभरसिज मार्केटलाई लक्षित गरेर फ्लोरमा जान लागेको जानकारी दिए । त्यस्तै निर्माता डोटेलले कस्तो चलचित्रमा नेपाली दर्शक हलसम्म पुग्छन भन्ने कुरा आफ्नो पहिलो ‘प्रोजेक्ट’ ‘बधशाला’ बाट नै ज्ञान भएको भन्दै ‘ताण्डव’ पनि सोही अनुसारको बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu