‘सत्यदिप’को गीत रेकर्डिङ् सुरु



एस.बि.आर. फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘सत्यदिप’को गीत रेकर्डिङ् सुरु भएको छ । बुधबार पुतलीसडक स्थित ए.वान. म्युजिसियन स्टुडीयोमा चलचित्रको ‘म बाट टाढा मिती …’ बोलको गीत रेकर्डिङ् गर्दै गीत रेकर्डिङ् सुरु गरिएको हो ।

अर्जुन पोखरेलको संगीत रहने उक्त चलचित्रको गीत गायिका सबिना केसीले आफ्नो स्वरमा रेकर्डिङ् गराइन् । एक सांगीतिक मनोरञ्जनात्मक बिषयबस्तुमा निर्माण हुन लागेको ‘सत्यदिप’ पुष्कर घिमीरेको निर्देशनमा बन्नलागेको चलचित्र हो । थुप्रै चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरेका पुष्कारको यो पहिलो निर्देशन हो । चलचित्रका निर्माता बिनय राम श्रेष्ठ रहेका छन् ।

sabina-kc

यहि फागुनको अन्त्यबाट छायांकनमा जाने बताईको यस चलचित्रमा दिव्येश्वर गौतम, सबिना केसी, जेनिसिंह राणा लगायतका कलाकारको अभिनय रहने छ । चलचिका केही कलाकार छनौट हुनबाकी रहेको निर्माता श्रेष्ठले जानकारी दिए ।

चलचित्रमा आफुले अहिले सम्मकै उत्कृष्ट संगीति दिने प्रयास गरेको संगीतकार अर्जुन पोखरेलले बताए । उनले भने, ‘मैले संगीत गरेको अन्य चलचित्रभन्दा यसमा निकै गहन संगीत दिएको छु’ । यो चलचित्रको संगीतले नेपाली चलचित्रमा नयाँ आयाम श्रृजनागर्ने पोखरेलले दाबी गरे ।

उपत्यका र केही दृश्य उपत्यकाबाहीर छायांकन गरिने बताइएको यस चलचित्रमा नृत्य कमल राइको रहने छभने छायांकनमा शम्भु सापकोटा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu