राजधानीमा तेस्रो युरोपेली चलचित्र महोत्सव सुरु



EU-Film-festival
राजधानीमा बुधवारदेखी तेस्रो युरोपेली चलचित्र महोत्सव सुरु भएको छ । चार दिनसम्म चल्ने यो महोत्सव युरोपेली सङ्घसँग आबद्ध भारतको नयाँदिल्लीस्थित कूटनीतिक नियोगका सांस्कृतिक कार्यालय र युरोपेली सङ्घका सदस्य मुलुकका राजदूतावासहरुद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो ।

महोत्सव उद्घाटन समारोहमा नेपाल सरकारका बिनाविभागीय मन्त्री डा. रामशरण महत, परराष्ट्र मन्त्रालयका निमित्त सचिवदेखी काठमाडौमा उपलब्ध युरोपेली सङ्घका प्रतिनिधिमण्डलका राजदूत रेन्सी टेरिङको साथमा कूटनीतिक नियोगका बिभिन्न पदाधिकारी, कलाकार, सञ्चारकर्मीलगायतको उपस्थिति थियो।

‘सेलीब्रेटिङ वुमन’ (नारी सम्मान) शिर्षक राखिएको यो महोत्सवमा युरोपेली सङ्घमा आवद्ध २६ वटा राष्ट्रका महिलाहरुले झेल्नुपरेका समस्या र चुनौतीलाई केन्द्रमा राखेर तयार पारिएका १६ वटा चलचित्रको प्रदर्शनी गरिनेछ ।

तेस्रो युरोपेली चलचित्र महोत्सव बारे थप जानकारीको लागि यहाँ जानुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu