मेली बस्नेत भन्छिन्, ‘मामुको सहयोगले यस क्षेत्रमा प्रवेश गरेकी हुँ’



Melina-Basnet

सुमन घिमिरे, उर्लाबारी।  मेली बस्नेत यतिखेर मोडलिङ क्षेत्रमा निकै नै व्यस्त बनेकी छिन् । सानै देखी मोडलिङ क्षेत्रमा होमिने लक्ष्यका साथ यस क्षेत्रमा प्रवेश गरेकी उनी अहिले टेलिश्रृंखला र म्युजिक भिडियोमा व्यस्त रहेकी छिन् ।

सुनसरीको इटहरीमा रहेको एरिना टेलिभिजनबाट प्रत्येक आइतबार साँझ साढे ७ बजे प्रशारण हुने टेलिश्रृखला चलेको चलनमा उनी प्रमुख भुमिकामा नै देखिदै आएकी छिन् । यसका अलवा अहिले उनी विभिन्न म्युजिक भिडियोहरुमा समेत व्यस्त रहेकी छिन् । प्लस टु सकेर बसेकी उनी चाँडै नै फेरि अध्ययन गर्ने सोचमा रहेकी छिन् ।

उनी भन्छिन् , ‘मामुको निकै ठुलो सहयोगले यस क्षेत्रमा प्रवेश गरेकी हुँ’। मोडलिङ क्षेत्रमा समाजले हेर्ने नकारात्मक सोचप्रति भने उनको आक्रोश र तिव्र विमति छ । उनी भन्छिन् , ‘यो पनि त एक प्रकारको कला हो’।

कसैको पनि प्रेममा नपरेको बताउदै उनी मोडलिङ र पढाईलाई सँगसँगै लैजाने सोचमा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu