यो साता ‘झोले’को लागि साथमा ‘सम्राट’ पनि



[dropcap]फ्रा[/dropcap]ईडे रिलिज अन्तर्गत यो हप्ताको लागी बहु- चर्चित चलचित्र ‘झोले’ सँगै बिराज भट्ट अभिनिय चलचित्र ‘सम्राट’ प्रदर्शनमा आएको छ । लामो प्रचार प्रसारपछी हलमा भित्रिएको लचचित्र ‘झोले’लाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन, भने ‘सम्राट’को निर्देशन निर्देशन लिगेस लिलाधर भट्टराइले गरेका छन् ।

‘झोले’
jhole-poster

‘झोले’ चलचित्र डार्क कमेडीबेसमा निर्माण भएको यसअघि देखि नै बताउँदै आईएको छ । आस्मा फिल्मस् को व्यानरमा टेकेन खड्काले निर्माण गरेको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्र देशभरका ७० सिनेमा हलहरुमा शुक्रवारदेखी एकैसाथ प्रदर्शनमा आएको छ । चलचित्रले धेरै भन्दा धेरै नेपाली दर्शकलाई हलसम्म तान्ने विश्वाश निर्माण युनिटको छ ।

‘सम्राट’
Samrat-poster

नेपाली चलचित्रका पुराना हस्ती बिराज भट्टको अभिनय रहेको यो चलचित्र नायक भट्टको एक्सन लभ-स्टोरी जोडिएको छ । ‘सम्राट’ काठमाण्डौका मुख्य हलसहित उपत्यका बाहिरका ४० वटा हलबाट दर्शकमाझ आएको हो । यो चलचित्रको बितरण सुनिल मान्नधरले गरेक छन । योज्ञराज घिमिरे र ओम प्रकाश अग्रवालको लगानी रहेको यो चलचित्रमा बिराज सँगै रुवि सिंह मुख्य भुमिकामा छन । चलचित्रको प्रस्तुतकर्ता भने सुरज खड्का हुन् ।

यि दुई नेपाली चलचित्रसँगै बलिउड चलचित्र ‘हाईवे’ पनि प्रदर्शनमा आएको छ । यो सँगै दुई हप्ता पहिले प्रदर्शनमा आएको चलचित्र ‘झोला’मा हप्ता बित्दै जाँदा बढेको दर्शकको आकर्षणले ‘झोले’ र ‘सम्राट’लाई केहि बाधा पुग्ने देखोएको छ । भने पछिल्लो दुई हप्तामा प्रदर्शनमा आएका केहि चलचित्रहरु पनि हलमा टिकिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu