आँचल पछि मलिका हुन् पलको प्रिय ? के भन्छन् उनि ? (भिडियो कुराकानी)



अभिनेता पल शाह नेपाली कला क्षेत्रका हटकेक हुन् । म्यूजिक भिडियो हुँदै नेपाली चलचित्रमा प्रवेश गरेका पलका लाखौं शुभचिन्तक छन् । चलचित्रमा अभिनय गरेता पनि उनले आफ्नो पहिलो पहिचान म्यूजिक भिडियोलाई छोडेका छैनन् ।

कोरोना महामारीको कारण लामो समय भएको लकडाउनमा नेपाली संगीत क्षेत्रमा भने चहलपहल कायमै रह्यो । पलले एकसाथ १४ वटा म्यूजिक भिडियो साईन गरेको खबर पनि यतिबेला नै आयो भने हरेक दिन छायांकन गरिरहेको अवस्थामा पनि पल भेटिए । यहि बीचमा बनेको म्यूजिक भिडियो ‘फुलबुट्टे सारी’ले एउटा इतिहास रच्यो । यो भिडियोमा उनि मोडल तथा नायिका मलिका महतसँग देखिए । मलिकासँग पल उत्तिकै सुहाए । मलिकाले ‘यात्रा’ नामक चलचित्रबाट अभिनय यात्रा शुरुले गरेकी हुन् । उक्त चलचित्रमा उनले नायक सलिनमान बनियासँग अभिनय गरेकी थिईन् तर अहिलेको जति चर्चा त्यतिबेला भएन । लकडाउनमा पलले उषा उप्रेती, रियाशा दाहाल, गरिमा शर्मा लगायतसँग निकै काम गरे तर पनि पल र मलिकाको जोडीलाई अधिक रुचाईयो ।

Paul Shah & Malika Mahat (PC: Fulbutte Sari)

गत बर्ष नायिका आँचल शर्माले बिहे गर्नु अगाडी पल र आँचलले धेरै म्यूजिक भिडियोमा अभिनय गरेका थिए । उनको बिहे पछि भने उनिहरु देखिएका छैनन् । चलचित्र ‘नाई नभन्नु ल ४’बाट सँगै यात्रामा निस्किएका पल र आँचललाई ‘आँप’ जोडी भनेर दर्शकले निरन्तर साथ दिएका थिए । तर, बैवाहिक जीवनमा पुगेपछि आँचलको उपस्थिती कम भयो र आँप जोडीलाई देख्न छोडियो ।

आँचलसँग मात्र म्यूजिक भिडियो खेल्छन् भन्ने आरोप खेपेका पलले उत्तिकै मात्रामा काम गरेता पनि हाल भने फरक फरक मोडलहरुसँग काम गरिरहेका छन् । ‘फुलबुट्टे सारी’को अभिनय पछि पल र मलिकालाई जोडेर ‘पम’ जोडीको चर्चा हुने गरेको छ । यसै बिषयमा ठुलोपर्दा टिभिले गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu