‘आई ह्याव रिजन टु डाई’ | अफिसियल पोस्टर सार्वजनिक



‘ब्ल्याकपल मुभिज प्राली’को व्यानरमा तयार भएको चलचित्र ‘आई ह्याव रिजन टु डाई’को अफिसियल ‘फर्स्टलुक’ (पोस्टर) सार्वजनिक गरिएको छ । अनलाईन पत्रिका ‘ठुलोपर्दा डटकम’ मार्फत औपचारिक रुपमा यो चलचित्रको ‘फर्स्टलुक’ सार्वजनिक गरिएको हो ।

युवा निर्देशक विक्रम थापाले निर्देशन गरेको यो चलचित्र प्रदर्शनको लागी यसअघी आउँदो फागुन ३० गतेलाई मिती तोकिएपनि केहि हप्ता पछी धकेलिने देखिएको छ । निर्देशक थापाले चलचित्र फागुन ३० मा नै प्रदर्शनमा ल्याउने की नयाँ मिती घोषणा गर्ने भन्ने बारेमा केहि दिनमा नै थाहा हुने जानकारी दिए ।
यो हप्ता भित्रै ‘अफिसियल ट्रेलर’ सार्वजनिक गर्ने तयारीमा छौं, निर्देशक थापाले भने, ‘प्रोमो सार्वजनिक गर्दाको दिनमा नै चलचित्र कहिलेबाट हलमा आउँछ भन्ने पनि जानकारी गराउछौं।’

reasen-to-die
यो चलचित्रमा कृष्ण पराजुली, सुस्मिता ढकाल र आशिष न्यौपानेको मुख्य अभिनय रहेको छ । 
चलचित्र ‘आई ह्याव रिजन टु डाई’ कलेजमा अध्ययन गरिरहेका बिशेषतः प्रेममा परेका किशोरावस्थाका युवा युवतीहरुको कथालाई मुख्य विषयवस्तु बनाएर तयार गरिएको निर्माण युनिटले जानकारी दिएको छ ।

अरुण लुईटेल, निना थापा र राजु महर्जनले संयुक्त लगानीमा चलचित्र तयार भएको हो । भने चलचित्रमा सह-निर्देशन नरेन्द्र वाग्लेले गरेका छन । ‘आई ह्याव रिजन टु डाई’लाई निरज श्रेष्ठ र राजेश थापाले खिचेका हुन भने यो चलचित्रमा संगित प्रतिक थापाको रहेको छ । त्यस्तै चलचित्रमा समाबेश गीतहरुमा स्वर अनुभुती गुरुङ र विकेश के शंकरको रहेको छ ।

काठमाडौंमा करण श्रेष्ठ ‘क्रेजी’ले बितरण गर्न लागेको यो चलचित्र ‘आई ह्याव रिजन टु डाई’को कथा मन्दिप गौतमले लेखेका हुन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu