कैँची चलाएपछि पास भयो ‘भिमदत्त’ | भारत शब्दमा आपत्ती



bhimdatta-PG
[dropcap]वि[/dropcap]भिन्न अवरोहको त्राशले पत्रकार सम्मेलन गरि दुख पोखेका नवल खड्काले अन्ततः चलचित्र ‘भिमदत्त’को लागि सेन्सर बोर्डबाट प्रमाणपत्र पाएका छन्। १६ बर्ष मुनिका बालबालिकाले अविभावकको साथमा मात्र हेर्न पाउने गरि PG प्रमाणपत्र प्रदान गरिएको छ।

सेन्सरले ‘भारत’ शब्दलाई काट्न आदेश दिएको छ। चार पटक प्रयोग भएको भारत शब्दले कुटनितिक सम्बन्धमा असर गर्ने सेन्सरको निष्कर्स छ। भिमदत्तको टाउको छिनालेको तथा लडाईँका केहि थ्रिल दृश्यहरु हटाईएको छ।

त्यस्तै, ‘रातभरी रक्सी र तरुनीले स्वागत गरिदो रहेछ’, ‘हाम्रा प्रधानमन्त्री ज्यू’, ‘हामी रक्सी तरुनीमा देश बेच्दा रहेछौ’, ‘हाम्रो सार्वभौम सत्ता विदेशीको दास भएको छ’, र ‘साला कुकुर’ भन्ने संवादमा पनि कैँचि लगाएको छ। साथै केहि अश्लिल शब्द पनि हटाउन आदेश दिईएको छ।

PG-bhimdatta-certificate

डढेल्धुराका किसान नेता भिमदत्त पन्तको जीवनको इतिहासमा आधारित ‘भिमदत्त’मा नवल खड्का, सुमिना घिमिरे,निशा अधिकारी लगाएतका कलाकारहरुको मुख्य अभिनय छ। निर्देशक हिमग्याप लामा ‘टाँसी’ हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu