स्टाफ नर्स अध्ययन गरिरहेका सुन्दरीको प्रतियोगिता हुने



[dropcap][/dropcap]छिल्लो समय स्थानिय स्तरमा पनि विभिन्न फेशन शो तथा सुन्दरी प्रतियोगिताहरु आयोजना हुने क्रम बढेको छ । यसैबीच चितवनमा स्वास्थ्य क्षेत्रमा सुनौलो भविष्य निर्माण गर्नको लागी स्टाफ नर्स अध्ययन गरिरहेका सुन्दरीहरुका बिच ‘मिस नर्स चितवन’ हुने भएको छ ।

‘स्ट्रिङग मिडिया काठमाण्डौ’को आयोजनामा यही मार्चमा सम्पन्न हुन लागेको यो सुन्दरी प्रतियोगितामा कुनै पनि स्थानबाट आएर चितवनमा नर्सिङ अध्ययन गरिरहेका अविबाहित युवतीहरुले मिस नर्स चितवनको लागी आवेदन दिन सक्ने आयोजकले बताएको छ ।

miss-nurse-ctwn
मिस नर्स चितवनको यो प्रतियोगितामा सहभागी हुन चाहनेले अगामी २९ फेब्रुवरी सम्म आवेदन दिन सक्नेछन् । यो प्रतियोगिताको विजेताले रु ५५००० नगद सँगै ६ वटा म्युजिक भिडियोहरुमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन भने ‘फस्ट रनरअप’ले २५००० र ४ वटा म्युजिक भिडियो र ‘सेकेन्ड रनरअप’ले १५००० नगद र २ वटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनेछन् ।

त्यस्तै उत्कृष्ट दश प्रतिस्पर्धीले पनि एक-एक वटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर दिईने ‘स्ट्रिङग मिडिया’का सिरश पुडाशैनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu