‘फिल्म प्रमोसन कप फुटबल’मा शनीवार पाँच खेल सम्पन्न



football-worldcup
[dropcap][/dropcap]क्स अफिस त्रैमासिक पत्रिकाले आयोजना गरेको ‘फिल्म प्रमोसन कप फुटबल’ प्रतियोगिता अन्तर्गत शनीवार (फागुन १०) पेप्सीकोला टाउन प्लानिङ् फुटबल मैदानमा पाँच खेल सम्पन्न भएका छन्। नक आउट चरणमा सम्पन्न गरिएका खेलहरुमा शनीवार वर्ल्ड कप इन नेपाल, तोरी लाहुरे, नाइ नभन्नु ल-२, जिगोलो र सकिन भुल्न तिमीलाईले विजयी सुरुआत गरेका छन्।

अन्तिम खेल अन्तर्गत भएको खेलमा ‘वर्ल्ड कप इन नेपाल’ले ‘दमदार’लाई ३-१ ले पराजित गर्‍यो। ‘वर्ल्ड कप इन नेपाल’का लागि सुमन लामाले दुइ तथा सुजन तामाङले एक गोल गरे। पहिलो हाफमा गोलरहित बराबर भएको वर्ल्ड कप इन नेपाल र दमदारबीचको खेल दोश्रो हाफको सुरुआती मै डि एरिया भित्र दमदारका खेलाडीले गरेको ह्याण्डबललाई रेफ्रिले पेनाल्टी दिएपछि खेल विवादित बनेको थियो। रेफ्रीको निर्णय नमान्ने भन्दै दमदारका खेलाडीले मैदान छोडेपछि खेल पुनः दोश्रो हाफबाटै सुरु गरिएको थियो।

football-damdar

वर्ल्ड कप इन नेपाल र दमदारमा फुटबलका खेलाडीको नै अभिनय रहेको र उनिहरु मैदानमा उत्रेकोले अन्य चलचित्र टिमको खेल भन्दा रोमाञ्चक, प्रतिष्पर्धी र उत्कृष्ट बनेको थियो। दुवै चलचित्रमा राष्ट्रिय स्तरका फुटबल खेलाडीको अभिनय छ। अन्य चलचित्रका खेलहरुमा पनि दर्शकको हुटिङ्को साथमा भएको खेल रोमाञ्चक थियो। तोरी लाहुरेले नोभेम्वर रेनलाई २-१, नाइ नभन्नु ल-२ ले आधीबाटोलाई २-०, जिगोलोले डिभोर्षलाई ३-१, सकिन भुल्न तिमीलाईले चियर्सलाई ३-१ ले पराजित गरे।

सेमिफाईनलका खेल भने अर्को हप्ता जाउलाखेल फुटबल मैदानमा हुने बताईएको छ। फाईनल खेल भने चैत पाँच गते दशरथ रंगशालामा हुनेछ। चलचित्र प्रचारको नयाँ तरिका स्वरुप यो खेल आयोजना गरिएको बक्स अफिस त्रैमासिकका अध्यक्ष आर.के. सुवेदीले बताए।

dinesh-lovely-manish
फुटबल हेर्न मैदान पुगेका निर्देशक दिनेश डिसीका साथमा कलाकार संगम राई र निर्देशक मनिष पन्थ

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu