करीनाले दिइन् छोरालाई जन्म



बलिउड अभिनेत्री करीना कपूर खानले दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी छन् । उनले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् । करीनालाई शनिवार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार, आमा र बच्चा दुवै स्वस्थ छन् । करीनाको परिवारका थुप्रै सदस्य अस्पतालमा आवतजावत गर्दै देखिएका छन् ।

आफ्नो गर्भावस्थाको अवधीमा पनि करीनाले विज्ञापन, चलचित्र र फोटोसुटको कामलाई रोकेकी थिइनन् । उनले सामाजिक सञ्जालमार्फत आफ्ना कार्यको अपडेटहरू शेयर गरिरहेकी हुन्थिन् । सैफ र करीनाले २०१६ मा छोरा तैमूरलाई जन्म दिएका थिए । दोश्रो सन्तान जन्मनु अगाडि सैफ र करिना नयाँ घरमा सिफ्ट भएका थिए । उनीरुको नयाँ घर निकै आलिसान रहेको बताइन्छ ।

सैफ अली खान चौथो पटक बुबा बनेका हुन् । उनको पहिलो विवाह अमृता सिंहसँग भएको थियो, जसबाट सारा अली खान र इब्राहिम अली खान छन् । अमृतासँग डिभोर्स भएपछि सैफले करीनासँग विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu