सबैको भविष्य ‘जिगोलो’ले देखाउने टिमको बिश्वास



[dropcap][/dropcap]छिल्लो समय बढ्दै गएको भनिएको ‘पुरुष वेश्या’को कथालाई मुख्य बिषयवस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘जिगोलो’ यहि फागुन १६ गतेबाट अलनेपाल रिलिज हुँदैछ । यो चलचित्रलाई दर्शकले मन पराउने तथा चलचित्रले आफ्नो ‘फिल्मी करियर’लाई पनि उकास्नेमा यो चलचित्रका निर्माता तथा कलाकारले समेत आशावादी रहेको बताएका छन् ।

यसअघि ‘भनिदेउ न म माया गर्छु’ तथा ‘एटिएम’ मा अभिनय गरेका नायक प्रभाकर श्रेष्ठ यो चलचित्रमा आफुले सकेसम्मको राम्रो काम गर्ने कोशिस गरेको भन्दै ‘जिगोलो’ले नेपाली दर्सकमाझ प्रभाकर श्रेष्ठ भन्ने नामलाई सफल नायकको रुपमा चिनाउनेमा आफु विश्वस्त रहेको बताउँछन् ।  त्यस्तै, यो चलचित्रमा लगानी गरेका निर्माता राजु श्रेष्ठ पनि चलचित्र सफल भइछाड्ने तथा बजारमा बढ्दो क्रममा रहेको तर धेरैले ध्यान नपुर्याएको ‘पुरुष बेश्या’को कुरालाई सबैमाझ पुर्याउने हेतुमा चलचित्र बनेको भन्दै आफुमा पनि यो चलचित्रले राम्रो अनि सफल निर्माता भनेर चिनाउँछ भन्ने आशा पलाएको बताउँछन् ।

gigolo-new-poster
थाईल्याण्ड, हङकङ, मलेशियामा गरिएको प्रिमियरबाट दर्शकको राम्रो प्रतिक्रिया पाएको यो लचचित्रको निर्माण युनिट चलचित्रलाई नेपालमा रहेका दर्शकले पनि मन पराउनेमा आशाबादी बनेको छ । बिदेशको प्रिमियरबाट निर्माता श्रेष्ठले करिब १६ लाख बराबरको रकम हात पारिसकेका छन् ।

यो चलचित्रमा प्रभाकरसँगै जीया केसी, महिमा सिलवाल, राजु श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्र यादव सिलवालको निर्देशनमा तयार भएको हो ।
। चलचित्र म्यागनोलिया फिल्मस् इन्टरटेन्मेन्ट’को ब्यानर बनेको ’जीगोलो’मा प्रितम पाण्डेको सम्पादन तथा अजय स्यान्तानको नृत्य रहेको छ । अर्जुन पोखरेलको संगित रहेको यो चलचित्रलाइ रत्न कार्कीले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu