‘झोले’ले गर्‍यो दुईदिनमा ४२ लाख कलेक्सन



jhole-poster-thuloparda
अनिल यादव। शुक्रवारबाट देशभरका ७० सिनेमा हलहरुमा प्रदशर्न भइरहेको नेपाली डार्क कमेडी चलचित्र ‘झोले’ ले दुईदिनमा ४२ लाख ग्रस कलेक्सन गरेको छ । राजधानीबाट २८ र मोफसलबाट १४ लाख गरी कुल ४२ लाख पुगेको चलचित्र टिमले जानकारी दिएको हो ।

‘नेपाली सिने बजारमा ‘झोले’ के हुदैछ त भन्ने जिज्ञासामा चलचित्रका निर्देशक दिपेन्द्र के. खनालले भने –‘ चलचित्रको ‘वर्ड अफ माउथ’ एकदम बलियो छ , सिनेबजारमा यसले ‘ब्लाष्ट’ गरिरहेको छ । ’ उनले आत्मविश्वासी हुदै थपे–‘ शुरुवाती प्रतिक्रियालाई आधार मान्ने हो भने हाम्रो चलचित्र ३–४ हप्तासम्म मज्जाले चल्नुपर्ने हो । ’ आइतबारको कलेक्शन भने बेलुका मात्र थाहा हुने पनि उनले जानकारी दिए ।

थिएटरबाट ठुलोपर्दामा छिरेका बहुप्रतिशाली कलाकार दयाहाङ राई, चर्चित अभिनेत्री प्रियंका कार्की र ए. गुरुङ को चलचित्रमा मुख्य अभिनय रहेको छ । चलचित्रमा दयाहाङ विदेश जान लागेका युवाको भुमिकामा देखिन्छन् प्रियंका पार्टटाइम यौनकर्मी रहेकी छिन् । दयाहाङको अभिनयले चलचित्रलाई विशेष बनाइदिएको अधिकांश दर्शकहरुको प्रतिक्रिया छ ।

राजधानीमा पपकर्न र मोफसलमा एफडी सिनेमाले चलचित्रको वितरण गरेको यस चलचित्रलाई टेकेन खड्काले निर्माण गरेको हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu