विरही र देवी उत्कृष्ट, यात्रा २ उत्कृष्ट एल्बम | रापती म्यूजिक अवार्ड



gajit-rapti-music
राष्ट्रिय रापती म्यूजिक अवार्ड २०७० मा गायक विरही कार्की र गायिका देवी घर्ती उत्कृष्ट लोकदोहोरी गायक र गायिकाको अवार्ड चुम्न सफल भए । गायक कार्कीले मायालु हजारबाट अवार्ड चुमेका हुन् भने गायिका देवी घर्तीले हाँस्न सिकायौबाट अवार्ड चुमेका हुन् ।

फागुन ११ गते आइतबार राजधानीको सभागृहमा भएको राष्ट्रिय रापती म्यूजिक अवार्डमा उत्कृष्ट गायक सुगम संगीततर्फ नरेन्द्र प्यासीले म त तिम्रो मान्छेबाट अवार्ड चुमे भने उत्कृष्ट गायिका सुगम संगीततर्फको अवार्ड तिमी छैनौ र बोलको गीतबाट रिमा गुरुङ होडाले चुम्न सफल भइन् । त्यस्तै सुगमसंगीत गीतकार भावेश भुमरी भए भने उत्कृष्ट संगीतकारको अवार्ड भने राजु सिंहको पोल्टामा पर्‍यो । त्यस्तै संगीत संयोजकको अवार्डबाट अमूल कार्की ढली तिमी भयौ बुढी बोलको गीतबाट उत्कृष्ट बने भने किशोर थापाले बादलहरु हो गीतबाट ध्वनि मिश्रणको अवार्ड चुम्न सफल भए । त्यस्तै नवप्रतिभा सुगम संगीततर्फ काव्य आचार्य किन आज बोलको गीतबाट उत्कृष्ट बन्न सफल भइन् भने सन्तोष अधिकारी मज्जा छुट्टै बोलको गीतबाट उत्कृष्ट बन्न सफल भए ।

rapti-music-awards

त्यसैगरी, उत्कृष्ट म्यूजिक भिडियो मोडलतर्फ गजित विष्ट बर्बाद भएँ बाट उत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुषको अवार्ड चुम्न सफल भए भने झरना थापाले के बनायो बोलको गीतबाट उत्कृष्ट भ्यूजिक भिडियो मोडल महिलाको अवार्ड चुम्न सफल भए । त्यस्तै युगल गायनमा रजिना रिमाल र वीपी वाग्लेले मेरो जीवनसाथी गीतबाट अवार्ड चुमे । लोकदोहोरीतर्फ भने उत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड गणेश चौलागाईंले प्राप्त गरे भने उत्कृष्ट भाकाको अवार्ड कस्तुप पन्तले प्राप्त गरे । लोकदोहोरी नवप्रतिभाको अवार्ड भने सरिता थापा हरपल तिम्रै र करन तामाङ माया गर्छन् धेरैबाट अवार्ड चुम्दै उत्कृष्ट बन्न सफल भए ।

चलचित्र संगीतकारको अवार्ड चुम्दै मेरो जीवनसाथी चलचित्रबाट संगीतकार अर्जुन पोखरेल उत्कृष्ट चलचित्र संगीतकार बने भने दयाराम पाण्डे उत्कृष्ट चलचित्र गीतकारको अवार्डबाट उत्कृष्ट ठहरिए । त्यस्तै चलचित्र मायाजबारको कुन दिनमा बोलको गीतबाट पाश्र्व गायिका दुर्गा परियार भइन् भने पाश्र्व गायक स्वरुपराज आचार्य पागल म बन्न सक्छु बोलको गीतबाट उत्कृष्ट भए । उत्कृष्ट पप गीत समीर आचार्यले प्राप्त गरे भने उत्कृष्ट राष्ट्रिय भावनाको गीतबाट भने देवेन गिरी -देश बने पो बोलको गीतबाट उत्कृष्ट बन्न सफल भए ।

कार्यक्रममा दुर्गा परियार, काव्य आचार्य, नरेन्द्र प्यासी, झलक संगीतम् जस्ता कलाकारहरुले गीत प्रस्तुत गरेका थिए भने गजित विष्टलगायतका समूहकेा नृत्य प्रस्तुत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu