गरिमालाई बिरेनले ओढ्न चाहेपछि … | Video



biren-garima
स्व. शिव रेग्मीको निर्देशनमा बेनको रिलिज हुन बाँकी अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’को ‘छुँदैमा चिनियो’ बोलको गीत सार्वजनिक भएको छ। सो गीतमा गरिमा पन्त र बिरेन श्रेष्ठको प्रेमपूर्ण अभिनय रहेको छ।

हिमग्याप टासी लामाले निर्देशन गरेको यो गीतमा बसन्त सापकोटाको संगीत रहेको छ। रचना स्व. रेग्मीको नै रहेको छ। नयाँ बर्षको अवसर पारेर चैत २८ गते प्रदर्शनमा आउन लागेको  ‘मनले मनलाई छुन्छ’मा बिरेन र गरिमाका अलावा  सुमन सिंह, मिथीला शर्मा, केशव भट्टराई, सिर्जना बस्नेत लगायतका कलाकारको अभिनय छ।

सुनिल सिटौला र बिरेन श्रेष्ठको संयुक्त लगानीमा ‘मनले मनलाई छुन्छ’ बनेको हो। स्व.रेग्मी र मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको छ भने हिमाल केसीको द्धन्द्ध रहेको छ। शम्भू सापकोटाले छायांकन गरेको यो चलचित्र मिराकल मिडिया प्रालीको ब्यानरमा बनेको छ।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu