आफ्नै फिल्मको प्रचारमा नलागी पोखरामा ‘नाईके’ बन्दै आर्यन



aaryan-sigdell

[dropcap][/dropcap]फ्नो लगानीमा रहेको प्रदर्शेन्मुख चलचित्र ‘नोभेम्वर रेन’को प्रचार-प्रसारमा नलागेरै नायक आर्यन सिग्देलअर्को चलचित्र ‘नाईके’को सुटिङको लागी पोखरा पुगेका छन । आर्यन पोखरा पुगेपछि यो चलचित्रको आईतवारदेखी नै सुटिङ सुरु गरिएको छ । चलचित्र ‘नाईके’को आईतवार पोखराको विन्दबासिनी मन्दिरमा शुभ मुर्हत गर्दै आईतबारदेखि नै सुटिङ शुरुवात गरिएको हो । यो चलचित्रलाई नेत्र गुरुङले निर्देशन गरेका छन् ।

ब्ल्याक स्याडो प्रोडक्शन प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा आर्यनसँगै रेम बिक, सारिका केसी, विकास बाँस्तोला, विजयराज सेन्चुरी लगायतका कलाकारको अभिनय रहने छ ।  सुवास इन्टरटेनमेन्टको व्यानरमा बनेको चलचित्र ‘नोभेम्वर रेन’मा सुवास गिरीसँगै आर्यनले पनि लगानी गरेका छन् । यो चलचित्र आगामी चैत्र १४ मा रिलिजको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu