‘ऋतु’ सुन्दर छे, ‘ऋतु’ले मिठो बोल्छेः राज बल्लभ



raj-ballav-koirala
[dropcap][/dropcap]ल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस् र अपिल विष्ट फिल्म प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको ‘ऋतु’ फागुन २३ मा विशवव्यापी रिलिज हुँदैछ। राजबल्लभ कोईराला, नव-नायक बिष्णु न्यौपाने, रिमा विश्वकर्मा र पूर्व मिस नेपाल मलिना जोशीको मुख्य अभिनय रहेको ‘ऋतु’लाई मनोज अधिकारीले निर्देशन गरेका छन्। यसै चलचित्रका नायक राज बल्लभ कोईराला यतिबेला अमेरिकामा छन् तर पनि उनले प्रचार-प्रसारमा सहभागिता जनाईरहेका छन्। कोईरालासँग ठुलोपर्दा डटकमका जिवन पराजुलीले भलाकुसारी गरेका छन्:

१. ‘ऋतु’को तपाईँको भुमिका कस्तो छ ?
मैले गरेको भुमिकाहरुमा मलाई मन परेको चरित्र छ ‘ऋतु’मा। धेरै चलचित्रमा पात्र काल्पनिक हुन्छन्। यो चलचित्रमा अलि यथार्थपरक छ। मैले खेल्ने चरित्र सुरजमा मैले मेरो केहि अंश पाएको छु। एउटा स्तो पात्र हो जो मनलाई बढि सुन्छ, मनको सफा छ अनि भावुक छ। माया खोजी रहेछ अनि ‘ऋतु’ जत्तिकै सम्वेदनशिल छ।

२. अमेरिकामा बसेर कसरी प्रचारमा सहयोग गर्न सक्नुभएको छ ?
अमेरिकामा बसेपनि म नेपाली मिडिया नजिक छु। दर्शक नजिकै छु अनि सबै सँग एक किसिमको अन्तर्क्रिया भईरहेको छ। निर्देशक अनि निर्मातासँग मेरो कुरा भई नै रहन्छ। यस अर्थमा म दर्शक सँगै छु अनि म मिडियासँगै छु। अमेरिकामा पनि साथीहरुसँग ‘ऋतु’ प्रदर्शन सम्बन्धि कुरा भईरहेको छ। कसरी राम्रो हुन सक्छ र गर्न सकिन्छ भन्ने कुरा हुन्छ हाम्रो। सोसियल मिडिया बाहेक ठुलोपर्दा डटकम जसरी नै सहकार्य भइरहेको छ। त्यहि हिसाबमा प्रचारमा लागेको छु।

३. व्यक्तिगत रुपमा ‘ऋतु’ बाट तपाईँको अपेक्षा के छ ?
मैले गरेका हरेक चलचित्र मलाई मन पर्छ। कथा अनि चरित्र मन परेर नै म चलचित्रको एउटा हिस्सा बनेको हुन्छु। ‘ऋतु’ चलचित्रको कथा अनि पटकथाले मलाई रुवाएको छ। त्यस हिसाबमा मैले चलचित्र खेलेको हो। मलाई निर्देशक-निर्माता अनि छायाँकार सबैको जोशले जुर्मुराउन बाध्य बनाएको छ। आशा ठिकै छ, मैले मेहनत गरेको छु। मन देखि नै काम गरेको छु। काम गर्दा आशा हुनै पर्छ। सकारात्मक सोच र परिणाम को अभिलाषा हुनै पर्छ।

४. तपाईका शब्दमा ‘ऋतु’ के हो, यो हेरेर दर्शकले के पाउने ?
‘ऋतु’ हाम्रो जीवनमा हुने परिवर्तनको प्रतिबिम्ब हो। सम्बन्धमा हुने घाम र पानीको कथा हो। मायामा हुने उतार-चढावको यात्रा हो ‘ऋतु’। यसमा तपाईँले जिएको र कल्पेको प्रसंग छ। तपाईँ नै हुनु हुन्छ एक अर्थमा कथाको परिवेश र पात्रमा। मिठो प्रेम कथा अनि उत्कृष्ट गीत-संगीत अनि तपाईँकै साथी-भाईको कथा जस्तो लाग्छ। हामी चलचित्र बिविध कारणले हेर्छौँ। यसका साथै विदेशमा भईकन पनि घाटामा गईरहेको चलचित्र उद्योगलाई केहि गरौँ भन्ने भावनाका साथ अष्ट्रेलिया अनि नेपाल साथै युएसएका साथीहरुले एउटा आँट गर्नुभयो। त्यहि आँटलाई साथ दिनको लागि, हौसला दिनको लागि हेर्नु पर्छ जस्तो लाग्छ। त्यस बाहेक राम्रो चलचित्रमा हुने सबै गुण छन् ‘ऋतु’मा। एउटा सुन्दर प्रयास हो नयाँ पिँढीको यो चलचित्र।

reetu-12

५. मिस नेपालसँग काम गर्नुभा’छ। कस्तो क्षमता पाउनुभयो मलिना भित्र ?
मलिना एकदम क्षमतावान कलाकार लाग्यो मलाई। पहिलो चलचित्र भईकन पनि उनको काम पुरानो अभिनेत्रीको जस्तो छ। निकै प्रभावित छु उहाँको क्षमता देखि। निकै मेहनत गर्नुभएको छ अनि हामीले सोचेको भन्दा राम्रो काम गर्नु भएको छ। म विश्वस्त छु दर्शकले उहाँको कामलाई मन पराउनु हुनेछ।

६. के उनलाई नेपाली चलचित्रले पत्याउला त ?
भबिष्यमा के हुन्छ भन्ने कुरा कसैको बोलीमा थाहा हुँदैन। भोलीको समय, परिस्थिती अनि अवस्थाबारे कोहि विज्ञ छैन। यद्यपी, मैले माथी नै भनिसकेको छु उहाँको काम राम्रो छ। मलाई व्यक्तिगत हिसाबमा मन परेको छ। मैले सँगै काम गरेको सबैको काम राम्रो छ अनि म प्रभावित भए भन्दिन। तर, मलाई लाग्छ यस्तै राम्रो कथा अनि चलचित्र साथै राम्रो टिमसँग काम गर्नु भयो भने मलिनाको चलचित्रको यात्रा यादगर रहने छ। नेपाली दर्शकको लागि अनि सिंगो नेपाली चलचित्र उद्योगको लागि।

७. ‘ऋतु’मा निर्मातासँगको कस्तो सहकार्यता पाउनुभयो ?
सक्दो कोशिस गर्नुभएको छ ‘ऋतु’का निर्माताहरुले। विदेशमा भईकन चलचित्र बनाउन खोज्नु, नेपाल बाट जनशक्तिहरुलाऐ अष्ट्रेलिया उडाएर लैजानु चानचुने कुरा होइन। मनोज अधिकारी, सुरज प्रधान, अशोक गौतम, अपिल बिष्ट लगाएतको यो प्रयास सुन्दर छ अनि सह्रानिय छ। नयाँ हुँदाहुँदै पनि मन बाट कोशिस गरेका छन् अनि मैले पनि मन बाट प्रयास गरेको छु। मैले जानेको अनि बुझेको ‘ऋतु’लाई दिएको छु। राम्रो चलचित्र बनाउनलाई सबैको सहकार्य हुन जरुरी छ। निर्माता एक्लैले सक्दैन। खास अर्थमा निर्माता हुन धेरै गाह्रो छ। ‘ऋतु’ लेख्ने सन्दिप बादललाई पनि धेरै धन्यवाद। आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस् र अपिल विष्ट फिल्म प्रोडक्सनका साथीहरुलाई पनि धन्यवाद।

८. ‘ऋतु’ कसरी दर्शकको ढुकढुकी बन्लिन त ?
आशा छ। ‘ऋतु’ सुन्दर छे, ‘ऋतु’ले मिठो बोल्छे। ‘ऋतु’ जस्तै लाई दर्शकले मन पराउने गर्नुभएको छ। त्यो अर्थमा धेरै नै आशा छ। ‘ऋतु’लाई दर्शकले मन पराउनै पर्ने बाध्यता हुनेछ।

९. दर्शकको लागि तपाईँका केहि भनाई ?
म कृतज्ञ छु दर्शकको माया र साथको लागि। केहि समयको अन्तरालमा फागुन २३ गते मेरो चलचित्र ‘ऋतु’ आउँदै छ। साँचो अर्थमा राम्रो बनेको छ चलचित्र ‘ऋतु’। आशा छ मन पराउनुहुनेछ। तपाईँको साथले मलाई मात्रै होईन ‘ऋतु’ बनाउने सबै नयाँ सोच, जोशलाई हौसला मिल्नेछ। राम्रो प्रयासलाई तपाईँको हौसलाको आवश्यकता छ। तपाईँको माया बिना हामी र हाम्रो उदयोग केहि छैन। तपाईँहरु सबैलाई मेरो माया र शुभ-कामना छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu