अरुकै ब्यानरमा किन लगानी गर्दैछन् सुनिल रावल ?



Sunil-rawal-aavash

[dropcap]ए[/dropcap]कल लगानीमा ‘सायद’ र ‘होस्टेल’ बनाएर ख्याती कमाएका रावलले संयुक्त लगानीमा चलचित्र बनाउँदै छन्। आफ्नो लगानीमा रहेको दुर्गिश फिल्मस् प्रालिलाई लगातार दुईवटा हिट चलचित्र मार्फत परिचित बनाएका निर्माता सुनिल रावलले अब भने अरुकै ब्यानरमा लगानी गर्दैछन्।

ग्लोसी पिक्चर र क्रियटिभ फिल्मस् प्रडक्शनसँग सहकार्य गर्दै दुर्गिश थापाको प्रस्तुतीमा सुनिलले नयाँ चलचित्र ‘आभास’ बनाउँदै छन्। यी दुई ब्यानर क्रमशः सुरेन्द्र पौडेल र दिपक शाहिको लगानीमा रहेका छन्। दुर्गिश थापा सुनिलकी धर्मपत्नी हुन्। यसअघिका दुवै चलचित्रमा थापाकै प्रस्तुती थियो।

gobinda-shai-aavash

‘आभास’लाई सुनिलल र गोबिन्द शाहिले लगानी गर्दैछन्। यसअघि पहिलो चलचित्र ‘कहाँ छौ कहाँ’लाई हिट लिस्टमा उतारेका शाहिले पछिल्लो समय ‘पराई’ दर्शकसामु ल्याएका थिए। सोचेजति सफल नभएपनि ‘पराई’ले लगानि सुरक्षित गरेको थियो। ‘पराई’ अघि शाहिले ‘संसार आफ्नै’ नामक चलचित्र बनाएका थिए। शाहिले हालसम्म संयुक्त लगानीमा नै चलचित्र बनाउँदै आएका छन्। शाहि वितरक समेत हुन्।

‘आभास’मा नयाँ निर्देशकको प्रवेश हुँदैछ। यसअघि चलचित्र सम्पादकको रुपमा उल्लेख्य चर्चा पाएका सुरेन्द्र पौडेलले ‘आभास’ निर्देशन गर्दैछन्। ‘एउटा राम्रो सम्पादक निर्देशक बन्न सक्छ, त्यसैले सुरेन्द्र पौडेललाई निर्देशकमा लिएका हौँ’ निर्माता रावलले ठुलोपर्दा डटकमसँग भने, ‘राम्रो लेखन र सम्पादक भएकोले मैले अरुको ब्यानरमा लगानी गरेको हुँ। राम्रो हुन्छ भने अरुको ब्यानरमा लगानी गर्न म तयार छु’।

surendra-poudel-aavash

यतिबेला ‘आभास’को लागि मुख्य कलाकारहरुको खोजी भईरहेको छ। नायक-नायिका लगाएतका अन्य कलाकारको छनौटका लागी हाल आवेदन लिने काम भईरहेको जनाईएको छ, जसको लागि आफुले कलामा केहि गर्न सक्छु र आफुमा खुवी छ भन्ने ठान्नेले [email protected] मा इमेल गर्न सकिने छ। जसमा चार प्रति फरक स्टाईलका तस्विर, बायोडाटा साथै टेलिफोन नंबर समेत उल्लेख गर्नुपर्ने बताईएको छ।

तस्विरः सुनिल रावल (माथी), गोबिन्द शाहि(बीच) र सुरेन्द्र पौडेल

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu