‘तोरी लाहुरे’को अडियो/भिडियो गीत सार्वजनिक



tori-lahure audio

[dropcap][/dropcap]गामी फागुन २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘तोरी लाहुरे’को टाईटल गीत सहितको अडियो गीत सहित भिडियो सिडी सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा यो चलचित्रको गीत सार्वजनिक गरिनुका साथै लचचित्रको मुख्य पार्ट मानिने १३ मिनेट लामो ‘फुटेज’ पनि देखाईएको थियो ।

यो चलचित्रलाई एन बी महर्जनले निर्देशन गरेका हुन् । बजार पछी महर्जनको निर्देशनमा तयार यो दोस्रो चलचित्र हो । चलचित्रलाई रोसफी तामाङ र दिलकुमार तामाङले मिलेर बनाएका हुन्। सामाजिक कथामा बेरोजगार युवाहरुको पीडालाई ब्याङ्ग्यात्मक रुपमा पर्दामा तयार उतारिएको यो चलचित्रमा सुवास थापा, गजित बिष्ट, रोहित रूम्बा, अशिष्मा नकर्मी र समुना केसी, दिनेश डिसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

पछिल्लो समय कमेडीबेसको चलचित्रलाई दर्शकले मन पराईरहँदा यो चलचित्रलाई पनि रुचाईदिने निर्माण टिमको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu