‘आधी बाटो’ फ्लप भए रमेशले सन्यास लिने



aadhi-bato-poster-1

[dropcap]नि[/dropcap]र्देशक स्व. शिव रेग्मीको सम्मानमा भन्दै एक हप्ता अगाडी रिलिज मिती सारेको चलचित्र ‘आधी बाटो’का निर्माता रमेश त्वायनाले ‘आधी बाटो’ दर्शकमाझ जम्न नसके अब कुनै पनि चलचित्र निर्माणमा नलाग्ने घोषणा गरेका छन् । मंगलवार राजधानीमा आयोजित पत्रकार भेटघाट तथा एल्वम बिमोचन कार्यक्रममा निर्माता रमेशले यो चलचित्र सफल नभएमा आफ्नो लगानीमा बन्ने यो नै अन्तिम चलचित्र हुने बताए ।

‘हामी तीन भाई’, ‘भरोसा’ र ‘हाँसी देउ एक फेर’ जस्ता चलचित्र दर्शकलाई दिईसकेका निर्माता रमेशले ‘आधी बाटो’ हरेक पक्षबाट राम्रो चलचित्र बनेको भन्दै दर्शकले मन पराउने दाबी गर्न समेत भ्याए । त्यसो त पछिल्लो चलचित्र ‘हाँसी देउ एक फेर’ले लगानी पनि नउठाएपछी रमेशले उनमा आएको बितृष्णा पनि पोखेका हुन भन्ने उपस्थित धेरैको बिश्लेषण थियो ।

चलचित्रका मुख्य कलाकार सबिन श्रेष्ठ र अनु शाहको उपस्थिती नरहेको कार्यक्रममा चलचित्र भित्रको गीतको अडियो समेत सार्वजनिक गरिएको थियो ।कार्यक्रममा अर्का नायक यशराज अनि नायिका जेनिशा केसी भने उपस्थित थिए ।

यो चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका छन् भने कथा जगदीश्वर थापाले लेखेका हुन् । चलचित्रमा कालिञ्चोकको डाँडादेखि लण्डनको रमझमसम्मको कथालाई रोमाञ्चक रुपमा प्रस्तुत गरेको निर्देशक श्रेष्ठले कार्यक्रममा बताए । चलचित्र आउँदो चैत्र २१ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu