बिनितालाई देखेपछि किशोरको होस उड्यो | भिडियो



Divorce-6

[dropcap]चै[/dropcap]त्र २१ गते देशव्यापी रिलिज हुने नेपाली चलचित्र ‘डिभोर्स’को ‘देखेर उसलाई यो के भयो …’ बोलको भिडियो गीत सार्वजनिक भएको छ। ठुलोपर्दा डटकमबाट मंगलवार सार्वजनिक गीतमा संगीत बिशाल हुमागाईँ, रचना सुरज लम्साल र स्वर रेवन्त भण्डारीको रहेको छ।

सो गीतमा किशोर श्रेष्ठ र बिनिता रम्तेलको प्रेमालाप देख्न सकिन्छ। ‘डिभोर्स’का अन्य गीतमा कृष्ण भण्डारीको संगीत, बिशाल हुमागाईँ, सन्तोष अग्रहरीका शब्द तथा प्रमोद खरेल र कृष्ण भण्डारीको स्वर रहेको छ।”

यसअघि ‘उर्वशी’बाट चर्चा कमाएका मनिष पन्थले आफ्नो चौथो चलचित्र स्वरुप ‘डिभोर्स’ निर्देशन गरेका हुन्। श्रीनगर फिल्म्स प्रा.लि.को ब्यानरमा रोहित पुरी र मिन प्रसाद श्रेष्ठले यो चलचित्रलाई बनाएका हुन्। यो चलचित्रमा लेखन तथा छायांकन समेत निर्देशन पन्थकै रहेको छ।

किशोर र बिनिताका अलावा आभास अग्रहरी, प्रदिप ढकाल लगाएतका कलाकारहरुको अभिनय रहेको छ। सानुकुमार महर्जनको द्वन्द्व, रोशन लामिछानेको सम्पादन तथा किरणराज थापाको कलर करेक्शन रहेको छ।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu