चलचित्र पत्रकार संघको छैठौं अधिवेशन चैत्र ६ गते हुने



film-journalist-association[dropcap][/dropcap]लचित्र पत्रकार संघको छैठौं अधिवेशन आगामी चैत्र ६ गते राजधानीमा हुने भएको छ । संघका अध्यक्ष विदुर गिरीको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको बैठकले आगामी ६ गते बिहान १० बजे राजधानीको ज्ञानेश्वरस्थित रिजेन्सी बेक्वेटमा संघको छैठौं अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघसँग आबद्ध संघको अधिवेशनकै अवसर पारेर संघले एकजना चलचित्र पत्रकारलाई चलचित्र पत्रकारिता सम्मान २०७० र दुईजनालाई चलचित्र पत्रकारिता पुरस्कार २०७० प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

गत जेठ ७ गते चलचित्र पत्रकार दिवसको अवसर पारेर संघले निर्णय गरेबमोजिम संघका संस्थापक उपाध्यक्षसमेत रहेका चलचित्र पत्रकार अनन्त वाग्लेलाई चलचित्र पत्रकारिता सम्मान २०७० तथा अशोक प्यासी राई र जयन सुब्बा मानन्धरलाई चलचित्र पत्रकारिता पुरस्कार २०७० प्रदान गरिन लागेको हो । पुरस्कारको राशी जनही १५ हजार रुपिया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu