फुटबल खेल्दा बाबुले कुटेपछि … | ‘वर्ल्डकप इन नेपाल’ ट्रेलर सार्वजनिक



[dropcap]ने[/dropcap]पाली फुटबल खेलको विकासको महान उद्देश्यमा तयार नेपाली कथानक चलचित्र ‘वर्ल्डकप इन नेपाल’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। बुधवार ठुलोपर्दा डटकमबाट सार्वजनिक ट्रेलर १ मिनेट ४७ सेकेण्ड लामो छ। विश्वकप प्रतियोगितामा सहभागी हुनसक्ने नेपाली खेलाडी उत्पादन गर्नुपर्ने उद्देश्यले नेचुरल मुभि मेकर्स प्रालिको ब्यानरमा ‘सो चलचित्र बनेको हो।

सार्वजनिक ट्रेलरमा एक युवाको फुटबल सपना, गाउँले स्कुले बच्चाहरुको फुटबल खेलेर देशको नाम उच्च बनाउने अकाट्य सपना र त्यस भित्रका पारिवारिक बाधा अड्चन तथा छुवाछुतले समाजमा पुर्याएको नकारात्मक सन्देशको खण्डन जस्ता कुराहरु पाउन सकिन्छ। छिट्टै रिलिज हुने यो चलचित्रमा अखिल नेपाल फुटबल संघ (एन्फा)का खेलाडी तथा अन्य कलाकारहरुको अभिनय रहेको छ।

wcin-poster

बालबालिकालाई अभिभावकले खेलेको देख्दैमा जतिखेर पनि पढ्नै पर्छ भनेर दबाब दिने गरेको तितो यथार्थतालाई चलचित्रको कथावस्तु बनाएको बताईन्छ। कोही पनि व्याक्ति गीत सङ्गीत र खेलकुदबाट पर रहन नसक्ने यथार्थतालाई अँगाल्दै खेलकुदका विषयमा आधारित चलचित्र निर्माण भएको निर्माता प्रकाश थापाले बताए।

‘वर्ल्डकप इन नेपाल’ले चलचित्र विकास बोर्डबाट बिशेष चलचित्रको अवार्ड पाएको छ। बिभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सवमा (भारत, जर्मनी र इजरायल) समेत छनौटमा परिसकेको यो चलचित्रले फुटबल प्रेमी दर्शकलाई छुट्टै खाले आनन्द प्रदान गर्ने बताईएको छ। साथै हरेक अभिभावकको लागि पनि यो चलचित्र साच्चिकै योगदानपूर्ण हुने बिश्वास लिईएको छ।

बच्चाको फुटबल खेल्ने रहर र कलालाई अभिभावकले कसरी निरुत्साहित पारेका छन् बच्चाले कसरी चाहना पुरा गर्छन् भन्ने बिषय ‘वर्ल्ड कप ईन नेपाल’मा छ। यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका छन् भने राजु भण्डारी सह-निर्देशक तथा सम्पादक हुन्।

जुगल डंगोलको संगीत तथा प्रकाश थापाको प्रस्तुतीमा राम तामाङ् निर्माता रहेको यस चलचित्रका सहनिर्माता बिदुर बिष्ट र सुर्य सिम्खडा हुन्। ‘वर्ल्डकप इन नेपाल’मा सोनु केसी, शर्मिला शर्मा, संगम राई, कुलचन्द्र पुरी, गिरी प्रसाद पुन, गोपाल अर्याल, उमेश थापा लगाएत एन्फा अण्डर १९ का खेलाडीहरुको अभिनय रहेको छ।

Watch the trailer:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu