मिस नेपालको च्यारिटी रोक्न हिडन ट्रेजरको दबाव



miss-nepal-premier

[dropcap]मि[/dropcap]स नेपाल नामक नेपाली चलचित्रको बिहिवार राजधानीको जय नेपाल हलमा गर्न लागिएको च्यारिटि सो लाई गैह्र सरकारी संस्था ‘हिडन ट्रेजर’ले रोक्न दबाव दिएको बताईएको छ । चलचित्रमा आफ्नो संस्थाको मर्यादा विपरितको केहि कुराहरु समेटिएको र त्यसको कारण चलचित्र मार्फत आप्नो बारेमा नकारात्मक शन्देश जाने जिकिर गर्दै यो संस्थाले भोलीको च्यारिटी सो लाई रोक्न भनेको हो ।

केहि दिन पहिले मकवानपुरको हेटौंडामा गरिएको च्यारिटिमा भने यो संस्था मौन थियो । एक्कासी आएर भोली हुन लागेको च्यारिटी रोक्न भन्दै निर्देशन आएपछी चलचित्रको निर्माण युनिट आश्चर्यमा समेत परेको छ ।

‘मिस नेपाल’ जस्तो सुन्दरी प्रतियोगिता गरेर समय समय विवादमा आईरहेको यो संस्थाको आदेश प्रती भने यो चलचित्रकी निर्मात्री तथा कलाकार सुभेक्षा थापाले आपत्ति जनाएकी छिन् । ‘हामिले जस्ताको तस्तै यो प्रतियोगितामा हुने किसिमको कुरालाई र त्यसमा उपाधी जित्न के सम्म गर्नु पर्छ भन्ने कुरालाई पर्दामा उतार्ने प्रयास गरेका हौं’ निर्मात्री थापाले भनिन् ‘जुनसुकै बिषयमा पनि चलचित्र बनाउने छुट निर्माताहरुमा हुन्छ, यदी रोकिने नै हो भने सेन्सरमा नै रोकिनु पर्थ्यो’ ।

निर्मात्री थापाले भोली जसरी पनि चलचित्रको च्यारिटी गरि छाड्ने समेत बताएकी छिन् । ‘कुनै एनजिओको दबाबमा जय नेपाल हलले शो गर्न मान्दैन भने मेरो भन्नु केहि छैन तर अन्य जुनकुनै हलमा भए पनि हामी च्यारिटी गरि छाड्छौं’ थापाको भनाई छ । उनले भोलीको च्यारिटिको लागी मात्रै करिब सात सय टिकट बिक्री भईसकेको समेत बताईन् ।

सेन्सर बोर्डले नै पास गरेपछी कुनै पनि गैरसरकारी संस्थाले रोक्न चाहँदैमा चलचित्रको प्रदर्शन नै रोकिएको हालसम्म कुनै इतिहास छैन । ‘हिडन ट्रेजर’को चलचित्र प्रतिको यो कदमले फेरी एकपटक नेपाली चलचित्र नगरीमा जस्ले जे चाह्यो त्यही भन्न र गर्न पाउने जस्तो प्रवृती देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu