सेन्सर नभइ नेपालमा रिलिज भयो ‘राधे’



बलिउड सुपरस्टार सलमान खान अभिनीत चलचित्र ‘राधे : योर मोस्‍ट वान्‍टेड भाई’ इदको छेको पारेर बिहीवारबाट भारतका सिनेमा हलसँगै ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । यो चलचित्र नेपालका केबल टिभी तथा ओटीटी प्लेटफर्ममा पनि रिलिज भएको छ । ‘पे फर भ्यू’ मार्फत् डिसहोम, नेट टिभी, सुविस, म्याक्स टिभी लगायतका च्यानलमा चलचित्र हेर्न पाइन्छ ।

चलचित्र हेर्न नेट टिभीमा २ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ भने डिसहोम र सुविसुले २ सय ९९ देखि ३ सय २५ सम्म शुल्क राखेका छन् । सलमानले समेत एक भिडियो सन्देशमार्फत् नेपाली दर्शकलाई चलचित्र हेर्न आग्रह गरेका छन् । ‘राधे’ लाई गोपीकृष्ण मुभिजका निरज पौडेलको समूहले नेपाल ल्याएको हो । पहिला पनि निरककै समुहले सलमानका चलचित्र नेपाल ल्याउने गरेको थियो ।

सिनेमा हलमा चलचित्र प्रदर्शन गर्न अनिवार्य रुपमा सेन्सर गर्नुपर्ने हुन्छ । सेन्सर विना चलचित्र प्रदर्शन गर्न पाइँदैन । तर, ‘राधे’ विना सेन्सर नेपालका डिजिटल प्लेटफर्ममा रिलिज भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सेन्सर विना चलचित्र प्रदर्शन गर्नु गैरकानुनी भए पनि ओटीटी तथा केबलको नियमन तथा सेन्सरको काम बोर्डको कार्य क्षेत्रभित्र नपर्ने बताएका छन् ।

यस्ता प्रकृतिका च्यानल सञ्चार मन्त्रालयमा दर्ता हुने भएकाले यसको नियमन पनि मन्त्रालयले गर्ने अध्यक्ष दाहालको भनाई छ । आफूले ‘राधे’ विना सेन्सर रिलिज भएको जानकारी मन्त्रालयलाई गराएको उनले बताए । यसअघि चलचित्र ‘लक्ष्मीबम’ पनि विना सेन्सर नेपालका केबल टिभी तथा ओटीटीमा रिलिज भएको थियो । तर, यसतर्फ सञ्चार मन्त्रालयको ध्यान जान सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu