राउटेले बच्चा फिर्ता मागेपछी रेखा थापा तनावमा



rekha-thapa-raute

‘चलचित्रको नायिका बन्दा भन्दा राउटेको आमा बन्दा राम्रो लागिरहेको छ’, यो अभिव्यक्ति हो नायिका रेखा थापाको । उनले केहि महिना अगाडी रेखा थापा फाउन्डेसनको उद्घाटन गर्दै ४ जना राउटेका बच्चालाई पाल्ने उद्घोषका साथ यस्तो अभिव्यक्ति दिएकी थिईन् ।

राउटे बच्चाको आमा बन्ने भन्दै पालन पोषण देखी पढाईमा समेत लगाउने भन्दै उनले राउटेको बच्चा काठमाडौं ल्याएकी थिईन्, तर अहिले आएर राउटे बच्चाका अभिभावकले बच्चा फिर्ता लैजान्छौं भनेपछी रेखालाई तनाव भएको छ ।

आफ्नै बच्चालाई भेट्न चाहँदा समेत नदिएको भन्दै आक्रोशित बनेका राउटे बच्चाका अभिभावकले आफ्नै घरमा लैजाने भनेर बच्चा फिर्ता मागेको बुझिएको छ ।

रेखाले राउटे बच्चाहरुलाई बुढानीलकण्ठमा पढाउँछु भने पनि पछी आएर आनन्दकुटी विद्याश्रममा बालबालिकालाई पढाएको आरोप पनि उनीहरुको छ । आफ्नै छोराछोरीलाई समेत भेट्न चाहँदा भेट्न नपाएपछी अरुको साथमा छाडेर अर्थ नभएको मनस्थितीमा राउटेहरु पुगेको बुझिएको छ ।

डडेलधुरा जोगबुढाका दानसिंहका छोरा लक्ष्मण, उनका भाइकी छोरी यशोदा र रुपकुमारीको साथमा मञ्जु राउटेलाई पालन पोषण गर्दै पठनपाठनमा लगाउने भन्दै रेखाले काठमाण्डौ ल्याएकी थिइन् । उनिहरु जंगलमा बस्ने राउटे नभएर केहि दशकयतानै गाउँमा बस्दै आएका बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu