विकास वोर्डमा अख्तियारको नजर | ‘फिल्म सिटी’ बारे अनुसन्धान हुँदै



fdb

बैकुण्ठ पराजुली। दोलखामा बनाउने भनी नेपाल सरकारबाट निर्णय भएको ‘फिल्मी सिटी’को काम सुरु नभएको भन्दै छानबिनको लागी ‘चलचित्र विकास वोर्ड’लाई अख्तियारले पत्र काटेको छ । मंगलवार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोली पत्र सहित विकास वोर्डको कार्यालय पुगेको थियो ।
छ महिना पहिले नै तत्काल काम सुरु गर्ने भनी सरकारले निर्णय गरेको ‘फिल्मी सिटी’को काम आजको मितीसम्म पनि सुरु भएको छैन ।

‘किन सुरु हुन नसकेको अनि त्यसको लागी छुट्याईएको रकमको हिसाब-किताब बुझ्नलाई भन्दै कसैले निवेदन दिएको रहेछ र अख्तियारले बुझ्नको लागी मात्र पत्र काटेको रहेछ’, विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मरवैताले ठुलोपर्दा डटकमसँग भने, ‘काम सुरु गर्ने भनेर निर्णय मात्र भएको हो तर त्यसको लागी छुट्याईएको रकम हालसम्म विकास वोर्डलाई उपलब्ध गराइएको छैन त काम कसरी सुरु हुन्छ?’ सरकारले फिल्मी सिटीको योजनाको लागी भनेर २ करोड रकम छुट्याएको भए पनि हालसम्म एक रुपैयाँ समेत विकास वोर्डलाई उपलब्ध नगराएको अध्यक्ष मरवैताले बताए ।

अख्तियारको टोली आउने थाहा पाएपछी मंगलवार दिउँसो विकास वोर्ड पुगेर जानकारी लिन खोज्दा अहिले नै सबै कुरा खोल्न नमिल्ने भन्दै अख्तियारको टोलीका एक सदस्यले वोर्ड अध्यक्षलाई मिडियामा कुरा खोल्दा राम्रो नहुने बताएपछी पत्रको तथा अख्तियारको निगरानी किन भन्ने बारे बोल्नै लाग्दा समेत रोकेका थिए ।

akhtiyar

यद्यपी पत्र हातमा परिसकेपछी अध्यक्ष पप्पुले त्यस्तो ठुलो कुनै कारण र बिषय पनि नभएको भन्दै सामान्य कुराका रुपमा लिईएको बताएका थिए । स्रोतका अनुसार सरकारबाट निर्णय नभएको लामो समयसम्म पनि ‘एक स्टेप’ सम्मको समेत काम सुरु नहुनुको कारण सहित रकम हिनामिना भएको हुन सक्ने कसैको उजुरीका आधारमा अख्तियारले विकास वोर्डमा सोधपुछको लागी पत्र काटेको थियो ।
तर वोर्ड अध्यक्ष मरवैताले भने रकम उपलब्ध नभएसम्म कुनै काम पनि सुरु हुन नसक्ने भन्दै स्पष्टीकरणको दिन पर्ने कुनै कारण नभएकोले यही जवाफ दिएर टोलीलाई फिर्ता पठाएको बताए । अख्तियारले कसैले दिएको सुचनाको आधारमा पत्र काटे पनि नबुझीकिनै निगरानी बढाएको उनको भनाई थियो ।

सरकारले निर्णय गरेको लामो समयसम्म पनि रकम आएको छैन र त्यसको कारण नै काम सुरु नभएको भन्दै बस्नु भन्दा आफ्नो तहबाट पहल गर्नमा वोर्डले कुनै चासो समेत नदेखाएकोले मन्त्रालयबाट रकम निष्काशन नभएको हुन सक्ने केहि चलचित्रकर्मीको तर्क छ ।
त्यसो त चलचित्र विकास वोर्ड पछिल्लो समय चलचित्र महोत्सवदेखीका आफ्नो तर्फबाट गरेका बिभिन्न कामहरुबाट बिभिन्न समयमा विवादमा आईरहेको छ । आफ्नो कार्यकालमा सकेसम्म राम्रो गर्छु भन्ने अभिव्यक्ति दिँदै आएका अध्यक्ष मरवैता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाको समयमा मधेसी दलहरुको कोटाबाट विकास वोर्डको अध्यक्ष पदमा पुगेका हुन् । मरवैताको कार्यकालमा सम्झिन लायक त्यस्तो कुनै पनि महत्वपुर्ण काम भएको देखिँदैन । यद्धपी उनले आफ्नो कार्यकाल भित्रै नै ‘फिल्म सिटी’को काम लाई सकेसम्म सकाएर र नत्र थालनी समेत भएपनि गरेर उदाहरणिय काम गर्न इच्छुक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu