करणपछि शाहरुखको चलचित्रबाट पनि कार्तिक ‘आउट’



बलिउड निर्माता करण जोहरको प्रोडक्सन कम्पनी धर्मा प्रोडक्सनको चलचित्र ‘दोस्ताना २’ पछि अभिनेता कार्तिक आर्यन अर्को पनि चलचित्रबाट निकालिएका छन् । अभिनेता शाहरुख खानको प्रोडक्सन कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्र ‘फ्रेडी’ बाट कार्तिक निकालिएका हुन् । यो चलचित्रमा उनी अभिनेत्री कटरीना कैफसँग देखिने तयारीमा थिए ।

धर्मा प्रोडक्सनको ‘दोस्ताना २’ बाट उनलाई जुन कारणले निकालिएको थियो, शाहरुखले पनि त्यही कारणले कार्तिक आर्यनलाई चलचित्रबाट हटाएको भारतीय मिडियाले जनाएका छन् । चलचित्र साइन गरेपछि उनले स्क्रिप्ट बदल्न निर्माण टिमलाई दबाब दिएका थिए । तर, चलचित्रको स्क्रिप्ट परिवर्तन गर्न शाहरुख तयार भएनन् । बरु, उनले कार्तिकलाई नै चलचित्रबाट हटाउने निर्णय गरे ।

कार्तिकले ‘फ्रेडी’ का लागि बुझेको २ करोड साइनिङ एमाउन्ट रेड चिलीजलाई फिर्ता गरिसकेका छन् । अब रेड चिलीज एक नयाँ कलाकारको खोजीमा जुटेको छ । एकपछि अर्को चलचित्रबाट निकालिएको खबर बाहिरिन थालेसँगै कार्तिकको करियर सकिन लागेको चर्चा चल्न थालेको छ । उनका फ्यानले कार्तिकले आफ्नै कारण आफ्नो करियर सक्न थालेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu