प्रहरी सुरक्षाका बीच ‘मिस नेपाल’को च्यारिटी



miss-nepal1

‘हिडन ट्रेजर’ नामक गैर-सरकारी संस्थाले च्यारिटी रोक्न दिएको दबावका बाबजुत चलचित्र ‘मिस नेपाल’को च्यारिटी सम्पन्न भएको छ । विहिवार बिहान राजधानीको जय नेपाल हलमा प्रहरीको सुरक्षाका बीच यो चलचित्रको च्यारिटी सफल गराईयो ।

चलचित्रमा समावेश केहि दृश्यहरुले आफ्नो साखमा आँच आएको भन्दै नेपालमा सुन्दरी प्रतियोगिता गर्दै आएको संस्था ‘हिडन ट्रेजर’ले चलचित्रको च्यारिटी नै रोक्न दबाव दिएको थियो, चलचित्रको प्रदर्शनमा नै रोक लगाउन दबाब आएपछी त्यो भित्रको सत्यता बुझ्नको लागी चलचित्र हेर्न र संभावित घटनाको सतर्कताको लागी सिभिल तथा ड्रेस सहितको प्रहरीको टोली हलमा पुगेको थियो ।

miss-nepal2
निर्माण पक्षको जानकारी अनुसार प्रहरीसहित करिब ७ सय दर्शकले सो च्यारिटीमा चलचित्र हेरेका थिए । चलचित्रमा कसैप्रती पनि आक्षेप लगाउने कुनै पनि दृश्यहरु समावेश नभएको भन्दै चलचित्र हेरेपछी दर्शकले दिएको प्रतिक्रियाबाट आफु उत्साहित भएको निर्मात्री तथा कलाकार सुभेच्छा थापाले ठुलोपर्दा कमलाई बताईन् ।

चलचित्रले मिस नेपाल बन्न युवतीहरुले के-कस्तो संघर्ष गर्नुपर्छ भन्ने कुरा देखाउन खोजेको छ, भने ‘फेसन शो’मा मात्र लाग्दा मिस नेपालको कुनै अर्थ नहुने भन्दै वास्तविक मिस नेपाल बन्नको लागी समाज प्रतिको आफ्नो कर्तव्य अनि जिम्मेवारीको पक्षमा पनि काम गर्नु पर्ने सन्देश समेत दिन खोजेको छ ।

यो चलचित्रमा शुभेच्छा सहित, सबिन श्रेष्ठ, कल्याण घिमिरे, क्षितिजा शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ, यहि फागुन १६ गतेबाट पछी धकेलिएर यो चलचित्रको प्रदर्शनको मिती भने बैशाख ५ गतेबाट हलमा ल्याउने तयारी गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu