‘झोले’को शिवरात्री अफर, पशुपती जान जीपको व्यबस्था



jhole-jeep1

पाशुपत क्षेत्र पुग्न चाहने भक्तजनहरुको सेवाका लागि यतिबेला प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘झोले’ले जीपको व्यबस्था गरेको छ। राजधानीमा विभिन्न स्थानहरुमा झोलेको पोष्टर टाँसिएको सो जीप फेला पार्न सकिने बताईएको छ। दिनभर भक्तजन ओसारिरहेको र ‘झोले’का कलाकारलाई पनि भेट्न पाईने बताईएको छ।

आक्रामक व्यापार गरिरहेको ‘झोले’ले प्रचारको यो विधी अपनाएको हो जसबाट दर्शकले प्रत्यक्ष रुपमा सेवा सहित ‘झोले’को बारेमा जान्न पाएका छन्। निर्देशक दिपेन्द्र के खनालका अनुसार अन्य शिव मन्दिरहरुबाट गौशालासम्म यात्रुहरुलाई ल्याउन जीपको व्यबस्था गरिएको हो।

jhole-jeep2
दयाहाङ राई, प्रियंका कार्की, ए गुरुङ लगायतका कलाकारले ‘झोले’मा अभिनय गरेका छन्। टेकेन खड्काले ‘डार्क कमेडी’ चलचित्र ‘झोले’ बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu