सम्झनामा सुशान्त : इन्जिनियरिङ छाडेर बनेका थिए हिरो



अभिनेता सुशान्त सिंह राजपूतले संसार छाडेर गएको आज एक वर्ष भएको छ । उनको निधनको रहस्य अझै पनि पत्ता लाग्न सकेको छैन । उनी मुम्बईमा रहेको आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका थिए । कतिपयले उनले आत्महत्याको बाटो रोज्नुलाई बलिउडमा व्याप्त नेपोटिज्मलाई मानेका छन् भने कतिपयले उनी डिप्रेसनमा रहेका कारण आत्महत्या गरेको हुनसक्ने बताएका छन् ।

सुशान्तले बलिउडमा आफूलाई अब्बल अभिनेताको रुपमा स्थापित गरिसकेका थिए । उनी अभिनयसँगै अध्ययनमा पनि अब्बल थिए । सेन्ट क्यारन हाई स्कूल र नयाँ दिल्लीको हंसराज मोडल स्कूलबाट आफ्नो स्कूलिङ पूरा गरेका उनी १२ कक्षापछि भने इन्जिनियरिङ लाइनमा लागेका थिए । उनले दिल्ली कलेज अफ इन्जिनियरिङमा मेकानिकल इन्जिनियरिङको अध्ययन गरेका थिए ।

सुशान्त पढाईमा यति अब्बल थिए कि दिल्ली कलेज अफ इन्जिनियरिङको इन्ट्रान्स परिक्षामा उनलाई ७औं स्थान मिलेको थियो । तर, तीन वर्षसम्म इन्जिनियरिङ गरेपछि उनले यसलाई अधुरैमा छाडे र अभिनेता बन्ने सपना पूरा गर्न मुम्बई हानिए । सन् २००८ मा ‘किस देश में है मेरा दिल’ नामक सिरियलका लागि छनोट भएपछि उनको नयाँ सफर सुरु भएको थियो ।

यसपछि उनले ‘पवित्र रिश्ता’ सिरियलमा काम गरे । यो सिरियलले उनलाई ठूलो ख्याती दिलाएको थियो । ‘काई पो छे से’ चलचित्रबाट बलिउडमा ब्रेक पाएका उनले ‘एम एस धोनी’, ‘छिछोरे’, ‘केदारनाथ’, ‘राबता’ र ‘ड्राइभ’ जस्ता चलचित्रमा काम गरेका छन् । ‘धोनी’ उनको करिअरको सर्वाधिक सफल चलचित्र हो । निधनपछि उनी अभिनीत चलचित्र ‘दिल बेचारा’ प्रदर्शन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu