निर्देशकले चोकमा बसेर जुत्ता पालिस गर्न थालेपछि …



म्यूजिक भिडियो निर्देशक तथा सिल्फ इन्टरटेनमेण्टका सञ्चालक मधु सुदन निहुरे चोकमा जुत्ता पालिस गर्दै गरेको अवस्थामा भेटिएका छन्। उनले जुत्ता पालिस गर्नु आफ्नो पेशा बनाएका छन्। संगीत उद्योग खस्कँदै गएको बेला संगीत व्याबसायीको निहुरेको यो तस्विरले तहल्का मच्चाएको छ।

madhu-sudan

तर, यो तस्विर निहुरेको वास्तबिक जीवनको भने होइन। लघु चलचित्र ‘टवाँके’मा उनले मुख्य भुमिका निभाउने क्रममा कथाले जुत्ता पालिस गर्ने दृश्य मागेकोले उनले धमाधम जुत्ता पालिस गरेका थिए। अनुप गिरीको निर्देशक‍नमा रहेको सो लघु चलचित्रमा मद्यपानले स्वास्थ्य र समाजलाई हानी पुर्‍याउँछ भन्ने सन्देश रहेको बताईएको छ।

‘ट्वाँके’को कथा निहुरे आफैको भने  किरण माइकलको पटकथा तथा सम्बाद रहेको छ। ह्यारी महर्जनले छायांकन गरेका छन् भने निर्माता इश्वर गुरुङ् हुन्।
twaake

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu