साँच्चै नै मर्ने कसैलाई रहर हुँदैन | भिडियो



nai-navannu-la-2-manchhe-namarne

बाल प्रेमको कहानीलाई पर्दामा उतारिएको चलचित्र ‘नाई नभन्नु ल- २’ को ‘मर्ने कसैलाई रहर हुँदैन …’ बोलको नयाँ गीत रिलिज गरिएको छ । शुक्रवार सार्वजनिक गरिएको यो गीतले चलचित्र भित्रको मार्मिक पक्षलाई जोड्न खोजेको छ ।

सो गीतका शब्द डा. कृष्णहरी बरालका हुन भने संगित सुरेश गैरेले भरेका छन । उक्त गीतमा स्वर बाल गायक प्रेम परियारको रहेको छ । आउँदो चैत्र २८ गते रिलिज हुन लागेको यो चलचित्र ‘नाइ नभन्नु ल-२’ लाई विकास आचार्यले निर्देशन गरेका हुन् । निर्माण दिनेश कुमार पोखरेलले गरेका हुन् ।

वान टाईम सिनेमा प्रा.लि. र एञ्जल मुभिजको संयुक्त प्रस्तुती स्वरुप तयार यो चलचित्रमा मुख्यतः अनुभव रेग्मी र सुज्ञानी भट्टराईको प्रेमकथालाई समेटिएको छ । अनुभव र सुज्ञानीसँगै यो चलचित्रमा प्रियंका कार्की, सुरज सिंह ठकुरी, सरोज खनाल, जीवन लुईँटेल, बर्षा सिवाकोटी लगायतको अभिनय रहेको छ ।

बर्षाले यो चलचित्र मार्फत नेपाली रजतपटमा डेब्यु गरेकी हुन् । प्रदर्शन पहिले नै चर्चामा आएको उनको यो पहिलो चलचित्रले नै उनलाई हाईट दिने आंकलन गरिएको छ ।

गीत हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu